आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सोमबार रातिदेखि पश्चिम नेपालमा वर्षा र हिमपातको सम्भावना

  • प्रकाशित मिति : आइतवार, माघ ८, २०७९



  • उल्लेखनीय मौसमी प्रणाली नहुँदा आज प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यत: सफा रहने छ।

    जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज राति बागमती र मधेश प्रदेशलगायत प्रदेश १ का पहाडी भू-भागमा आंशिक बदली रहने जनाएको छ । बाँकी भू-भागमा मौसम सफा रहने महाशाखाको पूर्वानुमान छ।

    अहिले तराई क्षेत्रमा भने हल्का हुस्सु र कुहिरो लागेको छ भने प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको महाशाखाकी मौसमविद् सजिना शाक्यले जानकारी दिइन्।

    हाल काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ३.४ डिग्री सेल्सियस रहेको मौसमविद् शाक्यले जानकारी बताइन्। तर यो तापक्रम विस्तारै घाम लागेसँगै बढ्दै जानेछ।

    तराईका केही भूभागमा हुस्सु र कुहिरो तथा हिमाली क्षेत्रमा हिमपातले दैनिक जनजीवन प्रभावित भएकाले सतर्क रहन महाशाखाले अनुरोध गरेको छ।

    भोलि सोमबार मौसम बदली भइ सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा वर्षा तथा उच्च हिमाली भूभागमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    यस्तै पर्सि मंगलबार पनि सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका एक वा दुई स्थानमा हल्का वर्षा तथा उच्च हिमाली भूभागका थोरै स्थानहरूमा हल्का हिमपातको सम्भावना छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij