आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

देउवाले बोलाए पदाधिकारी बैठक

  • प्रकाशित मिति : सोमवार, माघ ९, २०७९



  • नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन्।

    सोमबार बिहान ९:३० बजे निवास धुम्बाराहीमा बस्ने गरी सभापति देउवाले पदाधिकारी बैठक बोलाएका हुन्। कांग्रेसमा १३ जना पदाधिकारी छन्, कोषाध्यक्ष अझै मनोनीत भएका छैनन्।

    पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न पदाधिकारी बैठक बोलाइएको सेतोपाटीलाई बताए।

    कांग्रेसले नेविसंघलगायत भ्रातृ संस्थालाई पूर्णता दिने गृहकार्य गरेको छ। स्ववियु चुनाव चैतमा हुने भएकोले नेविसंघलाई पूर्णता दिने तयारी गरिएको हो।

    यस्तै सभापति देउवाले अब बस्ने केन्द्रीय समिति बैठक तयारीलगायत विषयमा पनि कुराकानी गर्ने तयारी गरेका छन्। माघ १५ गते कांग्रेस केन्द्रीय समिति बैठक बस्दैछ। उक्त बैठकमा चुनावी समीक्षालगायत विभिन्न विषयमा छलफल हुनेछ।

    नेता शेखर कोइराला पक्षले आइतबार बत्तिसपुतलीमा भेला गर्दै गठबन्धनलाई निरन्तरता दिन नसकेकोमा सभापति देउवाको आलोचना गरेका थिए। साथै प्रधानमन्त्रीमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिनु गल्ती भएको उनीहरूको निष्कर्ष थियो।

    सभापति देउवाले महाधिवेशन सकिएको छ महिनाभित्र गठन गरिसक्नुपर्ने विभागलगायत पनि गठन गरेका छैनन्। विभाग गठन गर्न संस्थापनइतर समूहले आग्रह गर्दै आएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij