आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

मणिवाला सर्प भन्दै ठगी गर्ने एक जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, माघ ११, २०७९



  • दाङमा मणिवाला सर्प भन्दै सुन र नगद ठगी गर्ने एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सुनसरी रामधुनी नगरपालिका-३ का ३५ वर्षीय मोहमद सलमान रहेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

    सलमानले गएको माघ ८ गते बाँकेको राप्ती सोनारी गाउँपालिका वडा नं. १ गाभर निवासी एक महिलालाई मणिवाला सर्प हो भनी लोभलालच देखाएर उनीबाट एक तोला सुन र नगद एक हजार रुपैया लगेको प्रहरीले बताएको छ ।

    मणि नक्कली भएको थाहा पाएपछि ति महिलाले सलमानलाई फोन गरेर अरु मणी पनि खरिद गर्ने भनि लमही नगरपालिका ९ जलकुम्भीमा बोलाएकी थिइन् । पीडित महिलाको आफन्तको सहयोगमा इलाका प्रहरी कार्यालय अमिलियाबाट खटिएको प्रहरी टोलीले सलमानलाई माघ ९ गते जलकुम्भीबाट पक्राउ गरेको हो ।

    पक्राउ परेका सलमानलाई थप कार्वाहीका लागि बाँकेको प्रहरीलाई जिम्मा लगाएको ईलाका प्रहरी कार्यालय अमिलियाका सहायक प्रहरी हवल्दार धनश्याम चौधरीले जानकारी दिए । उनीसँग आएका अनय दुई जनाको खोजी भइरहेको प्रहरीले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij