आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

उच्च मनोवलका साथ कार्यसम्पादन गर्न डीआईजी थापाको निर्देशन

  • प्रकाशित मिति : आइतवार, माघ १५, २०७९



  • हेटौंडा । बागमती प्रदेश प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) दिपक थापाले उच्च मनोवलका साथ प्रभावकारी ढंगले आफूलाई दिईएको जिम्मेवारी सम्पादन गर्न प्रहरी कर्मचारीहरूलाई आवश्यक विभागिय निर्देशन दिएका छन् ।

    डीआईजी थापाले बागमती प्रदेश प्रहरी कार्यालय मातहतका नेपाल प्रहरी विशेष सुरक्षा गण रातोमाटे मकवानपुर, जिल्ला प्रहरी कार्यालय मकवानपुर र बागमती प्रदेश प्रहरी गण हेटौंडाको निरीक्षण तथा अवलोकन भ्रमणपश्चात् उक्त निर्देशन दिएका हुन् ।

    आज आयोजित छुट्टाछुट्टै कार्यक्रमकाबीच डीआईजी थापाले कार्यालयहरुको वस्तुस्थिति र सम्पादित कार्यहरुको बारेमा जानकारी लिनुका साथै कार्यालयमा रहेका विभिन्न शाखाहरुको निरीक्षण गरेका हुन् ।

    यसैगरी प्रदेश प्रहरी प्रमुख थापाले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा रहेको थुनुवा कक्षको समेत निरीक्षण गरेका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij