प्रकाशित मिति : सोमवार, माघ १६, २०७९
डोटी । सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायल डोटीमा तालिमरत प्रहरी सहायक निरीक्षक (असई)
दल बहादुर साउदँलाई थप उपचारका लागि नेपाली सेनाको हेलिकप्टरमार्फत नेपालगञ्ज रिफर गरिएको छ ।
प्रहरी चौकी गाजरी बैतडीमा दरबन्दी रहेका साउदँलाई आज बिहान ब्लड प्रेसर हाई हुदाँ थप उपचारको लागि जिल्ला अस्पताल पठाएका थियौ त्यहाँ उपचार सम्भव नहुदाँ थप उपचारका लागि बाहिर पठाईएको सुदुरपश्चिम प्रदेश प्रहरी तालिम केन्द्र दिपायलका प्रवक्ता प्रहरी नायब उपरीक्षक सागर बोहराले बताए ।
प्रदेश प्रहरी कार्यालय मार्फत माथिल्लो तहमा समन्वय गरि नेपाली सेनाको हेलिकप्टरमार्फत थप उपचारका लागि नेपालगञ्ज भेरी प्रादेशीक अस्पतालमा पठाईएको समेत प्रवक्ता बोहराले बताए ।
प्रहरी सहायक निरीक्षक साउदँलाई हृदयघात भएको हुदाँ डोटीमा उपचार सम्भव नभएकोले आधारभुत उपचार पश्चात थप उपचारको लागि बाहीर रिफर गरिएको जिल्ला अस्पताल डोटीका डाक्टर प्रकाश ठकुल्लाले बताए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij