आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

डिजेल लोड भएको ट्याङकर चोरी गरेको घटनामा संलग्न २ जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, माघ १८, २०७९



  • सप्तरी। डिजेल लोड भएको ट्याङकर चोरी गरेको घटनामा संलग्न रहेको अभियोगमा २
    जनालाई सोमबार प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा डिजेल लोड भएको टयाङ्कर चोरी गरी डिजेल बेच्ने कञ्चनरुप नगरपालिका-९ बस्ने २९ वर्षीय नबराज भुजेल र चोरीको डिजेल खरीद गर्ने खडक नगरपालिका-७ घर भएका भण्डार आयल स्टोरका संचालक ३५ वर्षीय श्याम कुमार साह रहेका छन् ।

    नेपाल आयल निगम मधेश प्रादेशिक कार्यालय अमलेखगंज डिपो बाराबाट माघ ११
    गते बिहान को.१ ख ३६५५ नम्बरको टयाङ्करमा २० हजार लिटर डिजेल लोड गरी
    नेपाल आयल निगम १ नम्बर प्रदेश प्रादेशिक कार्यालय बिराटनगरतर्फ लैजाने क्रममा
    टयाङ्करका चालकले माघ ११ गते साँझ कञ्चनरुप नगरपालिका-८ स्थित रहेको बिकि
    पम्पमा पार्किङ्ग गरी आफ्नो घर गएकोमा उक्त ट्याङकर चोरी भएको र माघ १५ गते
    बिहान शम्भुनाथ नगरपालिका-२ खैरबना भन्ने स्थानमा बेबारिसे अवस्थामा फेला परेको
    भन्ने खबर प्राप्त हुनासाथ खटिएको प्रहरीले टयाङ्कर जाँच गर्दा टयाङ्करको ५ वटा
    च्याम्बरमा रहेको २० हजार लिटर डिजेलमध्ये १६ हजार लिटर चोरी भएको अवस्थामा
    फेला पारेको थियो । घटनाको आवश्यक अनुसन्धानको क्रममा नेपाल आयल निगम १ नम्बर
    प्रदेश प्रादेशिक कार्यालय बिराटनगरका कर्मचारी तथा नेपाल प्रहरी समेतको संयुक्त टोलीले
    उक्त कार्यमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

    नबराज भुजेल समेतले माघ १४ गते राति पार्किङ्ग गरेको स्थानबाट डिजेल लोड
    भएको टयाङ्कर चोरी गरी १६ हजार लिटर डिजेल बिक्री गरेको र श्याम कुमार साहले
    चोरी भएको डिजेल खरिद गरेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ ।

    उनीहरू उपर चोरी मुद्दा शिर्षकमा अदालतबाट म्याद थप अनुमती लिई प्रहरीबाट
    थप अनुसन्धान कार्य भइरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij