आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सिता एयरले २५ माघबाट तुलसीपुरको टरिगाउँ एयरपोर्टमा उडान भर्ने

  • प्रकाशित मिति : बुधबार, माघ १८, २०७९



  • दाङको टरिगाउँ एयरपोर्टमा माघ २५ गतेदेखि सिता एयरले उडान भर्ने भएको छ । हवाई भाडा दर समायोजन हुने गरी २५ माघबाट सिता एयरले दाङ काठमाडौं उडान भर्ने भएको हो ।

    नेपाल एयरलाइन्सको भाडा दर भन्दा एक हजार पाच सय रुपैँया कम भाडादरमा सिता एयरलाइन्सले उडान भर्ने भएको छ । जस अन्तर्गत सिता एयरलाइन्सको भाडा हाललाई सात हजार नौ सय कायम गरिएको छ । सिता एयरका महाप्रबन्धक राजेन्द्र बहादुर सिहंका अनुसार सुरुमा हप्ताको दुई/तिन दिन उडान भर्ने निर्णय भएको छ ।

    यद्यपी यात्रुको चाप वृद्धि भएमा हप्ताको प्रत्येक दिन उडान भर्ने महाप्रबन्धक सिंहको भनाइ छ । यसअघि नेपाल एयरलायन्सले हप्ताको चार दिन नियमित उडान भर्दै आएको थियो । भने भाडा दर ९ हजार ४ सय रहेको छ ।

    बुधबार तुलसीपुर उपमहानगरपालिकाका उपमेयर स्यानी चौधरी, तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष रामप्रसाद चालिसे, निवर्तमान तुलसीपुर उद्योग वाणिज्य संघका अध्यक्ष बिमल रिजाल, बरिष्ठ उपाध्यक्ष मिनराज भण्डारी, सिता एयरका प्रतिनिधि, स्थानीय सामुदायिक वनका अध्यक्ष, पत्रकार सहितको टोलीले एयरपोर्टको स्थलगत निरिक्षण गरेको छ ।

    साथै एयरपोर्टको तत्काल सुधार गर्नुपर्ने, रुख कटान, घरको छतमा रहेका पाईपहरु काट्ने र धावनमार्ग बाहिर ग्राबेल बिछ्याउने काम २४ गतेसम्म सक्ने गरि शुरु भएको छ ।

    यस अघि सिता एयरले माघ १३ गते परिक्षण उडान भरेको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij