आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

ईन्टरपोलको १००औं वर्ष मनाउने कार्यक्रमको विधिवत रुपमा सुरुवात

  • प्रकाशित मिति : शनिबार, माघ २१, २०७९



  • काठमाडौं।राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा शुक्रबारबाट संचालन भएको ४०औं
    आइजिपि रनिङ शिल्ड फुटबल प्रतियोगिता २०७९ को उद्‍घाटन खेलमा सोही प्रतिष्ठान
    कार्यकारी निर्देशक एवम् नेपाल प्रहरी खेलकुद समितिका सदस्य सचिव प्रहरी अतिरिक्त
    महानिरीक्षक सहकुल बहादुर थापाले “INTERPOL Centenary” इंकित् फुटबल प्रदान गर्दै
    ईन्टरपोलको १००औँ वर्ष मनाउने कार्यक्रमको विधिवत् रुपमा सुरुवात गर्नुभएको छ ।

    ईन्टरपोल स्थापना गरिएको १०० वर्षको यात्रामा यस वर्षलाई विशेष उत्सवको रुपमा
    मनाउन सदस्य राष्ट्रहरूले विभिन्न कार्यक्रमको आयोजना र्नहुन भनी ईन्टरपोल
    महासचिवालयबाट अनुरोध भए बमोजिम नेपाल प्रहरीले उक्त प्रतियोगितामा ईन्टरपोलको
    १००औँ वर्ष मनाउने कार्यक्रमको सुरुवात गरेको हो ।
    अर्को १०० वर्षमा प्रहरी सामु आउने नयाँ चुनौतिहरुको सामना गरी "सुरक्षित संसार
    निर्माणका" लागी ईन्टरपोल सदस्यतालाई सशक्त बनाउन र यस शताब्दिको अनुभवलाई
    निरन्तरता दिन यो वर्ष नेपाल प्रहरीले पनि साहसिक, क्षमता अभिवृद्धी, खेलकुद, सामाजिक
    तथा अन्य विभिन्न कार्यक्रमहरुको आयोजना गर्दै मनाउने National Central Bureau
    (NCB)ले बताएको छ ।

    सन् १९२३ मा अष्ट्रियाको भियनामा १९ राष्ट्रहरुद्वारा अन्तर्राष्ट्रिय रुपमा बढ्दो अपराध
    नियन्त्रण गर्ने उद्देश्यका साथ विभिन्न देशका प्रहरीहरुबीच समन्वय र सहयोगको लागि तत्काल
    देखिएको आवश्यक्तालाई मध्यनजर गर्दै ईन्टरपोलको स्थापना गरिएको थियो । सन् १९६७
    मा जापानको क्योटोमा भएको महासभाबाट नेपालले १०० औँ सदस्य राष्ट्रको रुपमा सद्स्यता
    प्राप्त गरी नेपाल प्रहरी प्रधान कार्यालयमा स्थापित National Central Bureau(NCB)ले

    विभिन्न कानून कार्यान्वयन गर्ने ईकाइहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय प्रहरी समन्वयका लागि
    कार्य सम्पादन गर्दे आएको छ ।

    (समाप्त)

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij