आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

सन्नी लियोनी सहभागी हुने फेशन शो स्थलमा बम विष्फोट !

  • प्रकाशित मिति : शनिबार, माघ २१, २०७९



  • काठमाडौं । मणिपुरको इम्फाल पूर्वी जिल्लामा रहेको एक फेसन शो स्थलमा आज बिहान करिब ६ बजे बम विस्फोट भएको छ । यस विष्फोटमा कुनै मानवीय क्षति नभएको जिल्ला एसपीले बताए । यस फेसन शोमा अभिनेत्री सन्नी लियोनी पनि सहभागी हुने भएकी थिइन् ।

    आज बिहान करिब ६ बजे इम्फाल पूर्वी जिल्लाको हाप्ता काङ्जीबुङस्थित फेसन शो स्थलमा बम विष्फोट भएको हो । जिल्ला एसपी महारबम प्रदीप सिंहले समाचार एजेन्सीलाई भने कि विस्फोटमा कोही घाइते भएको कुनै रिपोर्ट छैन। हामीलाई शंका छ कि यो चिनियाँ ग्रेनेड जस्तो उपकरण हो।

    यस फेसन शोमा अभिनेत्री सन्नी लियोनी पनि सहभागी हुन लागेकी थिइन् । यो शो भोलि अर्थात फेब्रुअरी ५ मा हुने थियो । यसअघि मणिपुरको उखरुल जिल्लामा २५ जनवरीमा विस्फोट भएको थियो ।

    साँझ करिब ५:३० बजे गान्धी सर्कलमा आईईडी मार्फत विष्फोट गराइएको थियो । विष्फोटबाट नजिकै पार्किङमा राखिएका गाडीमा क्षति पुगेको समाचार छ । स्रोतका अनुसार विस्फोट यति ठूलो थियो कि गान्धी सर्कलबाट २ किलोमिटर टाढा विनो बजारसम्म यसको आवाज सुनिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij