आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बिना लाइसेन्स स्कुटर चलाउँदा दुर्घटनामा आमाको ज्यान गयो, छोरी जेल चलान

  • प्रकाशित मिति : बुधबार, माघ २५, २०७९



  • पोखरा । सामाजिक सञ्जाल फेसबुकमा एउटा भिडिओ केही अघि भाइरल थियो । भिडिओमा एक ट्राफिक प्रहरीले विना लाइसेन्स सवारी चलाउँदा काठमाडौँको सतुंगलमा भएको दुर्घटनाका बारेमा बताएका छन् । उनले भनेका छन्- विदेश भएको लोग्नेले घरमा ३६÷३७ वर्षकी श्रीमतीका लागि भनेर स्कुटर किनिदियो । छोरी ११ र छोरा ९ मा पढ्ने, आफू कलेज पनि जाने भाइलाई स्कुल जान ढिला भएकाले छोडिदिने भन्दै छोरी स्कुटर लिएर घरबाट निस्किइन् । जाँदै गर्दा स्कुटर चिप्लिएर नालामा प¥यो भाइको मृत्यु भइहाल्यो ।’

    भिडिओमा ती प्रहरीले बताए अनुसार त्यो घटनामा भाइको मृत्यु भएपछि प्रतिवादी दिदी भइन् । प्रहरी भन्छन्, ‘भाइको मृत्यु भएपछि दिदी जेल जाने भई । अनुसन्धान हुँदै जाँदा चालक दिदीको लाइसेन्स नभएको भेटियो । लाइसेन्स नभएकालाई सवारी कसले दियो भन्दा—आमाले दिइन्, सवारी धनी आमा छिन् । लाइसेन्स नभएकालाई सवारी किन दियो भनेर आमालाई २ वर्ष जेल भयो । मुख्य प्रतिवादी छोरी भई, सहायक प्रतिवादी आमा भइन्, लोग्ने छैन । लाइसेन्स नभएको खण्डमा कति अप्ठेरो पर्ने रहेछ !’

    शिक्षाप्रद उक्त भिडिओको विवरण र त्यसका परिणामसँग मेल खाने घटना तनहुँमा भएको छ । माघ ८ गते तनहुँबाट शुक्ल गण्डकी नगरपालिका २ हलेदीमा ग ९ प ५६४९ नम्बरको स्कुटरलाई विपरीत दिशाबाट आएको बा २ क ६२१९ नम्बरको टिपरले ठक्कर दियो । दुर्घटनामा परी पोखरा महानगरपालिका वडा नम्बर ३३ की वडा सदस्य लीलादेवी नेपाली र आमा घाइते भए । आमाछोरी पोखरा आउँदै गर्दा लीलादेवी सामान्य घाइते भए पनि आमा गम्भीर घाइते भइन् । दुवैलाई उपचारका लागि पोखरास्थित मणिपाल शिक्षण अस्पताल ल्याइयो । लीला सामान्य उपचारपछि डिस्चार्ज भइन् । तर, उपचारका क्रममा आमाको पुस १७ गते मृत्यु भयो ।

    उक्त दुर्घटनाको बारेमा तनहुँ प्रहरीले अनुसन्धान गर्दै जाँदा टिपर चालक र छोरी लीलालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान ग¥यो । स्कुटर चालक लीलादेवी नेपालीको सवारी चालक अनुमति पत्र नभेटिएपछि टिपर चालकसहित लीलालाई प्रहरीले नियन्त्रणमा लिएर जिल्ला अदालत तनहुँमा पेस गरेको थियो । जिल्ला अदालत तनहुँले लीलासहित दुवै चालकलाई पुर्पक्षका लागि जेल चलान गरेका छ ।

    प्रहरीले सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६१ बमोजिम सजाय माग गरी मुद्दा चलाइएको थियो । आमाको मृत्युमा टिपरको ठक्कर मूल कारण भए पनि सवारी चालक अनुमति पत्र नलिई स्कुटर चलाएका कारण छोरीलाई समेत सवारी ज्यान मुद्दा दायर हुँदा जिल्ला अदालतले पुर्पक्षका लागि जेल चलान गरेको हो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij