आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिताको फाइनल राउण्ड भोलि

  • प्रकाशित मिति : शुक्रबार, माघ २७, २०७९



  • बिनिता शर्मा, बाँके। बाँकेको नेपालगञ्जमा जारी महोत्सवमा लुम्बिनी प्रदेश स्तरीय नृत्य प्रतियोगिताको फाइनल राउण्ड भोलि शुक्रबार हुदैँछ ।

    नेपालगञ्जको कारकादो स्थित सडक डिभिजन परिसरमा जारी चौथो प्रादेशिक औद्यौगिक लघु, घरेलु तथा कृषि, प्रविधि, व्यापार एवं पर्यटन महोत्सवमा शुक्रबार सेमीफाइनल राउण्ड सम्पन्न भएको छ । उक्त प्रतियोगितामा १८ जना फाइनल राउण्ड सम्म पुग्न सफल भएका प्रचारप्रसार समितिका संयोजक भागवत कंडेलले जानकारी दिए ।

    बिहीबार सेमीफाइनल राउण्डको परिणाम घोषणा गर्दै निर्णायक केबी शाही र सन्तोष सोती मगरले १७ जना फाइनलमा पर्न सफल भएको बताए । आयोजकले निर्णायकलाई एक जना उत्कृष्ट छान्न पाउने अधिकार दिएको छ । उक्त अधिकार प्रयोग गर्दै निर्णायकले एक जनालाई फाइनलमा प्रवेश गराएका हुन ।

    भोलि शुक्रबार फाइनल राउण्ड हुनेछ । उनीहरु १८ जना बीच प्रतिस्पर्धा हुनेछ ।

    नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँके र शिवालय सेक्युरिटी तथा मल्टीपर्पोज कम्पनी प्रा. लि.को संयुक्त आयोजनामा जारी महोत्सव अब दुई दिन मात्र बाँकी छ ।

    महोत्सवलाई फलो मि इभेन्ट म्यानेजमेन्ट प्रा.लि.ले व्यवस्थापन गरिरहेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij