आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नक्कली कागजातहरू बनाई कीर्ते गर्ने व्यक्ति पक्राउ

  • प्रकाशित मिति : शुक्रबार, माघ २७, २०७९



  • बिनिता शर्मा,काठमाडौं ।शैक्षिक प्रमाणपत्र तथा बिभिन्न तालिमका नक्कली कागजातहरू बनाई कीर्ते गरेको
    अभियोगमा तेह्रथुम म्याङलुङ नगरपालिका-१ घर भई काठमाडौं महानगरपालिका-१६
    माछापोखरी बस्ने ३४ वर्षीय सोनाम नेपाललाई बुधबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

    काठमाडौं महानगरपालिका-१६ बसन्तनगरस्थित युनाइटेड इन्टरप्राइजेज एण्ड
    ट्रेनिङ सेन्टरमार्फत सरकारी जागिरमा आबद्ध रहेको अनुभवको नक्कली प्रमाणपत्र बनाउने
    गरेको सूचनाको आधारमा प्रहरी वृत्त बालाजुबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न
    उनलाई पक्राउ गरेको हो ।

    साथै उक्त ट्रेनिङ सेन्टरबाट १ थान ल्यापटप, कम्प्युटरको सिपियु १ थान, विभिन्न संघसंस्था एवम् सरकारी कार्यालयका खाली लेटरप्याडहरू तथा छापहरू र
    विभिन्न संघसंस्थाका प्रमाणपत्रहरू फेला पारेको हो ।

    उनी उपर लिखत सम्बन्धि कसूरको (किर्ते गर्न नहुने ) कसूरमा थप अनुसन्धान
    भइरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij