आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकको किटानी जाहेरी

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १, २०७९



  • काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को हिरासतमा रहेका पृथ्वीबहादुर शाहविरुद्ध नौ जना अमेरिकी नागरिकले किटानी जाहेरी दिएका छन् ।

    शाहसहितको समूहले विभिन्न कम्पनी खडा गरी अमेरिकाबाट पाँच वर्षमा ६१ करोड ३५ लाख ९६ हजार ४४ रुपियाँ शङ्कास्पद रूपमा ल्याएको खुलेपछि सीआईबीले शाहसहित छ जनालाई पक्राउ गरी अनुसन्धान गर्दै छ।

    सीआईबीका निर्देशक, प्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदीले हालसम्म नौ जना अमेरिकी नागरिकले आफू ठगिएको भन्दै शाहविरुद्ध किटानी जाहेरी दिएको बताए ।

    सीआईबीको अनुसन्धानमा शाहसहित सङ् गठित समूहले अमेरिकाबाट ४६ लाख ४६ हजार ७३७ अमेरिकी डलर विभिन्न कम्पनीको नाममा भित्र्याएको खुलेको छ।

    त्यही अभियोगमा शाहसहित छ जनालाई गत पुस २२ गते काठमाडौँबाट पक्राउ गरिएको थियो। शाहको नाममा रहेका अन्य कम्पनी र त्यसका सञ्चालकसमेत अवैध रकम भित्र्याउन सहयोगी भएको हुन सक्नेबारे समेत ब्युरोले अनुसन्धान गरिरहेको छ ।

    शाहसहितको समूहले विभिन्न नक्कली कागजपत्र तयार गरी विभिन्न बैङ्कबाट ऋण लिएको पाइएपछि ब्युरोले सरकारी कागजात किर्तेमा पनि मुद्दा चलाउने तयारी गरेको जनाएको छ । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij