आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

बालाजुका डिएसपी चढ्ने भ्यानमा आगजनी,भिड नियन्त्रण गर्न प्रहरीद्वारा अश्रुग्याँस प्रहार

  • प्रकाशित मिति : सोमवार, फाल्गुन १, २०७९



  • काठमाडौँ । बालाजु स्थित माछापोखरी क्षेत्रमा यातायात मजदुरहरूले प्रहरीको दुईवटा गाडीमा आगजनी गरेका छन् । आफ्ना माग सार्वजनिक गर्ने कार्यक्रममा नयाँ बसपार्कको ठेकेदार कम्पनी लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर र लोत्सेकै कर्मचारीले आक्रमण गरेपछि झडपको अवस्था आएको यातायात मजदुर संगठनले जिकिर गरेका छन् ।

    झडपमा प्रहरी वृत्त बालाजुका डिएसपी रविन विष्ट चढ्ने बा.२ झ १४४ नम्बरको स्कर्पियो (पिकअप) यातायात मजदुरले जलाएका छन् । प्रहरी वृत्त बालाजुको बा.१ झ ७२२४ नम्बरको माज्दा गाडी पनि आन्दोलनकारीले जलाएका छन् ।

    माछापोखरी चोकमा यातायात मजदुरले दुवै गाडीमा आगजनी गरेका हुन् । लोत्से बहुउद्देश्यीय प्रालिका महाप्रबन्धक सुनिल कुँवर, पंकज मल्ल र हिमाल कुँवर समेत ३० जना मिलेर मजदुरहरूलाई आक्रमण गरेको ३ वटा मजदुर संगठनले विज्ञप्ति प्रकाशन गरेर जानकारी दिएका छन् ।

    नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संघले आफ्ना १० बुँदे माग पुरा नभएसम्म उपत्यकाका सम्पूर्ण सवारीसाधन बन्द गर्ने निर्णय गरेका छन् ।

    यातायात मजदुरले प्रहरीको दुईवटा गाडीमा आगजनी गरेको उपत्यका प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) हिमालय श्रेष्ठले जलजला खबरलाई बताए । उनले भने–‘प्रदर्शनकारीले हाम्रो दुईवटा गाडीमा आगजनी गरेका छन् ।’

    माछापोखरी चोकमा अहिले पनि ढुङ्गा हानाहान भइरहेको छ । भिड नियन्त्रण गर्न प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । तर, अश्रुग्याँस कत्ति प्रहार भयो भन्नेबारेको विवरण आइसकेको छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij