आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

रवि लामिछानेको जाहेरी दर्ता गर्न नपर्ने सरकारी वकिलको निष्कर्ष

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३, २०७९



  • काठमाडौं । जिल्ला सरकारी वकिल कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्धको मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान जारी रहेकाले जाहेरी दर्ता गर्नु नपर्ने निष्कर्ष निकालेको छ ।

    सरकारी वकिल कार्यालयले जिल्ला प्रहरी परिसर काठमाडौंमा छानबिन चलिरहेको सूचना आएको भन्दै जाहेरीमा केही गर्नुनपर्ने भन्दै थन्क्याउने निर्णय गरेको हो । युवराज पौडेलले सभापति लामिछानेले झुटो विवरण दिएर राहदानी लिएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा दिएको जाहेरी सर्वोच्च अदालतले नागरिकता मुद्दामा गरेको फैसलाको पूर्णपाठ नआइनसकेको भन्दै दर्ता गर्न अस्वीकार गरेको थियो ।

    प्रहरीले जाहेरी दर्ता गर्न अस्विकार गरेपछि पौडेलले जाहेरी दर्ता गर्न नमानेको भन्दै जिल्ला सरकारी वकिल कार्यालयमा निवेदन दिएका थिए । सरकारी वकिल कार्यालयले यसअघि लामिछानेको राहदानीको विषयमा जिल्ला प्रशासन कार्यालय काठमाडौं, राहदानी विभाग र अध्यागमन विभागबाट विवरण माग गरेको थियो ।

    जिल्ला प्रशासन कार्यालयबाहेक अरु निकायबाट जवाफ नआएको सरकारी वकिल कार्यालयले जनाएको छ । लामिछानेको राहदानीको विषयमा केही महिनाअघि गृह मन्त्रालयमा परेको उजुरी जिल्ला प्रशासन कार्यालय हुँदै जिल्ला प्रहरी परिसर काठमाडौंमा पुगेको हो ।

    प्रहरीले अनुसन्धान सकेर प्रतिवेदन पेश गरेपछि मात्रै अध्ययन गरी थप निर्णय लिने सरकारी वकिल कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij