आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

नक्कली सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न तीन जना पक्राउ

  • प्रकाशित मिति : बुधबार, फाल्गुन ३, २०७९



  • बर्षात क्षेत्री,काठमाडौँ । लिखत किर्ते गरी नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाउने कार्यमा संलग्न
    रहेको अभियोगमा ३ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा कास्की पोखरा महानगरपालिका-१ घर भई ललितपुर नखिपोट बस्ने ३४ वर्षीया कञ्चन गुरूङ, नुवाकोट लिखु गाउँपालिका-४ घर भई काठमाडौं टोखा बस्ने ३८ वर्षीय अनिल राई र नुवाकोट लिखु गाउँपालिका-४ घर भई काठमाडौं तारकेश्वर बस्ने
    ३६ वर्षीय राजन तामाङ रहेका छन् ।

    विशेष सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय
    मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्नमध्ये कञ्चन गुरुङलाई माघ २९ गते
    काठमाडौं रामशाहपथबाट तथा अनिल राईलाई सामाखुशीबाट र राजन तामाङलाई
    बालाजु पैयाँटारबाट सोमबार पक्राउ गरेको हो ।

    कञ्चनले आफ्नो फोटो, अर्कै व्यक्तिको सक्कली सवारी चालक अनुमतिपत्र र ५ हजार
    रूपैयाँ अनिललाई दिएकोमा अनिलले उक्त फोटो, कागजात र ३ हजार ५ सय रूपैयाँ
    राजनलाई दिएको र राजनले उक्त सवारी चालक अनुमतिपत्रमा कञ्चनको फोटो टाँसी
    नक्कली स्मार्ट सवारी चालक अनुमतिपत्र बनाई दिएको प्रारम्भिक अनुसन्धानबाट खुल्न
    आएको छ ।

    यसअघि लिखत सम्बन्धि कसूरमा जिल्ला प्रहरी परिसर ललितपुरबाट पक्राउ
    भई मुद्दा चलेका राजनेले अन्य व्यक्तिलाई समेत नक्कली सवारी चालक अनुमतिपत्र उपलब्ध
    गराएको खुल्न आएको छ ।

    उनीहरू उपर लिखत सम्बन्धी कसूरमा आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी परिसर टेकु काठमाडौं पठाइएको प्रहरी प्रधान कार्यालयले बताएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij