प्रकाशित मिति : आइतवार, फाल्गुन ७, २०७९
कृषि विकास बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ) मा गोविन्द गुरूङ नियुक्त भएका छन्।
शनिबार बसेको बैंकको सञ्चालक समितिको बैठकले छनौटमा परेमा अन्तिम पाँच नाममध्ये गुरूङलाई नियुक्ती दिने निर्णय गरेको हो।
अब कृषि विकास बैंकको सिइओको रुपमा गुरूङको कार्यकाल चार वर्षको हुनेछ।
२७ वर्ष बैंकिङ क्षेत्रमा बिताएका गुरूङले यसअघि म्यानमारको सिटिजन्स बैंकमा समेत सिइओ रुपमा काम गरेका छन्।
त्यसभन्दा अघि उनी नेपालकै सिभिल बैंकमा समेत सिइओको रुपमा रहिसकेका छन्।
लमजुङमा जन्मिएका गुरूङले नेपाल कमर्श क्याम्पसबाट प्रथम श्रेणीमा एमबिए गरेका छन्।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij