प्रकाशित मिति : आइतवार, फाल्गुन ७, २०७९
बिनिता शर्मा,काठमाडौँ ।प्रहरीले बिभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ गरेको छ ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका-६ बसपार्कस्थित होटलबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ४ ग्राम ८ सय ५० मिलिग्राम, नाईट्रोभेट ३४ ट्याब्लेट र नगद २० हजार ५ सय १० रुपैयाँसहित सोही नगरपालिका-२ भण्डारीवाडा बस्ने २८ वर्षीय तिलक भण्डारीसमेत २ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
स्याङजा जिल्लाको फेदीखोला गाउँपालिका-२ बौद्ध गुम्बास्थित सडकबाट नियन्त्रित लागूऔषध
नाईट्राभेट ४० ट्याब्लेट, फेनारगन १ सय ८३ एम्पुल, डाईजेपाम १ सय ८६ एम्पुल र नुर्फिन १
सय ८५ एम्पुलसहित धादिङ गजुरी गाउँपालिका-९ घर भएका २६ वर्षीय राजन बराईलीसमेत
२ जनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी फेदिखोलाबाट खटिएको प्रहरीले वालिङबाट पोखरातर्फ जाँदै गरेको ग.२ ख १२२५ नम्बरको हाईस गाडीलाई जाँच गर्दा
गाडीमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
भक्तपुर जिल्लाको मध्यपुर ठिमी नगरपालिका-४ नयाँठिमी आकाशे पुल नजिकबाट अवैध
लागूऔषध गाँजा करिब १ सय ग्रामसहित काभ्रे धुलिखेल नगरपालिका-३ बस्ने १८ वर्षीय
किशोरसमेत ४ जनालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त ठिमीबाट
खटिएको प्रहरीले उनीहरूलाई उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।
झापा जिल्लाको दमक नगरपालिका-५ बाट नियन्त्रित लागूऔषध डाईजोपाम ४० एम्पुल,
लुपिजेसिक ४० एम्पुल र फेनारगन ४० एम्पुलसहित सोही ठाउँ बस्ने ५० वर्षीया खुद्धी
मुखियालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको
प्रहरीले उनलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।
कञ्चनपुर जिल्लाको बेतकोट नगरपालिका-५ पोलखरी घर भई सोही ठाउँमा किराना पसल गरी
बस्ने ६५ वर्षीय दल बहादुर बोहरालाई अवैध लागूऔषध चरेश ३ सय ९८ ग्रामसहित आइतबार
दिउँसो प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय
कञ्चनपुरबाट खटिएको प्रहरीले उनको पसलबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ
गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
प्रहरीले बिभिन्न जिल्लाका छुट्टाछुट्टै स्थानबाट अवैध लागूऔषधसहित १० जना पक्राउ गरेको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij