प्रकाशित मिति : आइतवार, फाल्गुन ७, २०७९
बिनिता शर्मा,काठमाडौँ । देशका बिभिन्न स्थानमा आगलागीमा २ जनाको मृत्यु, विभिन्न धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।
गुल्मी जिल्लाको ईस्मा गाउँपालिका-१ मल्दी बस्ने ८४ वर्षीया पवित्रा खत्रीको आगलागीमा जलेर शनिबार दिउँसो मृत्यु भएको छ । आफ्नै घरमा खाना पकाउने क्रममा कपडामा आगो सल्किएर गम्भीर घाइते भएकी उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको छ।
स्याङजा जिल्लाको फेदीखोला गाउँपालिका-१ नैखुस्थित बारीमा पात पतिङगर जलाउने क्रममा
आगलागी हुँदा कास्की पोखरा महानगरपालिका-१७ बेलघारी बस्ने ३३ वर्षीय हरि नेपालीको
शनिबार साँझ घटनास्थलमै मृत्यु भएको छ । कास्की पोखरा महानगरपालिका-१७ छोरेपाटन
बस्ने देव प्रसाद सुवेदीको उक्त बारीमा सुन्तलाको बिरुवा रोप्नको लागि खाल्डो खनी पात
पतिङगर जलाउने क्रममा हरिको उक्त आगोमा परी मृत्यु भएको हो ।
जुम्ला जिल्लाको चन्दननाथ नगरपालिका-६ बसपार्क बस्ने मेघराज न्यौपानेको घरमा ग्याँस लिक
भई शनिबार दिउँसो आगलागी हुँदा घर आंशिक रुपमा जलेर क्षति भएको छ । आगलागीबाट
भएको क्षतिको विवरण हाल खुलेको छैन् ।
प्रहरीले स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै
यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij