आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहबाट निरीक्षण तथा अवलोकन

  • प्रकाशित मिति : बिहिबार, फाल्गुन ११, २०७९



  • बिनिता शर्मा,काठमाडौँ ।मोरङ जिल्लाको बिराटनगरमा प्रहरी महानिरीक्षक धिरज प्रताप सिंहले १ नम्बर प्रदेश प्रहरी तालिम केन्द्र गोठगाउँमोरङको बुधबार निरीक्षण भ्रमण गर्नुभएको छ । मोरङको सुन्दरहरैचा नगरपालिका-८
    गोठगाउँमा अवस्थित उक्त तालिम केन्द्रको भ्रमणको क्रममा उहाँले तालिम केन्द्रको आवास, मेश तथा भौतिक पुर्वाधारको अवलोकन गर्नुभएको हो ।

    निरीक्षण तथा अवलोकन पश्चात कार्यरत प्रहरी कर्मचारीहरुलाई उहाँले आवश्यक निर्देशन दिनुभयो । उक्त अवसरमातालिम केन्द्रका सह-समादेशक प्रहरी नायव उपरीक्षक चतुर्भुज ओझाले तालिम केन्द्रकोबारेमा प्रस्तुतीकरण गर्नुभएको थियो ।

    यसैगरी प्रहरी महानिरीक्षक सिंहले आसरा सुधार केन्द्र पानवारी धरानकोसमेत आजै
    निरीक्षण भ्रमण गर्नुभएको छ । भ्रमणको क्रममा उहाँले केन्द्रको भौतिक संरचना, मेश, उपचाररत सदस्यहरुको आवास र सरसफाईको अवस्थाको समेत निरीक्षणगर्नुभयो ।

    निरीक्षणको क्रममा उहाँले उपचाररत सदस्यहरुलाई लागूऔषधबाट मुक्त हुन मनैबाट प्रयास गर्नुपर्ने लगायत उत्प्रेरणात्मक सन्देश दिनुभयो । साथै उहाँले केन्द्रमा उपचाररत सदस्यहरूलाई सौहार्दपूर्ण वातावरणमा उपचार गरी समाजमा पुनर्स्थापना गर्नुकेन्द्रको मुख्य लक्ष्य रहेको हुँदा उच्च स्तरीय उपचार पद्धतिद्वारा उपचारगर्न परामर्शदाताहरुलाई अनुरोध गर्नुभयो । आसरा सुधार केन्द्रमा कार्यरत प्रहरी कर्मचारीहरुलाई दत्तचित्त भै सुधार केन्द्रमा कार्यरत रहन समेत उहाँले निर्देशन समेत दिनु भएको प्रहरी प्राधाअन कार्यालयले जनाएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij