आइतवार, कार्तिक २३, २०८३ | Sunday 8th November 2026

अनधिकृत प्रहरी बिट हटाइँदै

  • प्रकाशित मिति : शुक्रबार, फाल्गुन १२, २०७९



  • काठमाडौं । काठमाडौं महानगरपालिकाले सडक र सडकपेटी ओगटेर निर्माण गरेको २० वटा प्रहरी बिट हटाउने तयारी गरेको छ । कामपा प्रहरीले दुई सातादेखि सडक र सडक पेटीमा निर्माण गरिएका प्रहरी बिट खोजी गरेको थियो । त्यस क्रममा २० प्रहरी बिट मापदण्डविपरीत निर्माण गरेको पाइएको छ ।

    यसअघि मैतिदेवी चोकमा सडक पेटीमा रहेको अस्थायी प्रहरी बिट हटाएको थियो । कामपाले बाटो र सडक ओगटेर निर्माण भएका संरचना हटाउने क्रममा विभिन्न क्षेत्रका बाटो र पेटीमा प्रहरी बिट निर्माण गरेको भेटिएको जानकारी दिँदै कामपा प्रहरी प्रमुख प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले भन्नुभयो– ‘प्रहरीले कामपालाई बिनाअनुमति र बिनाजानकारी प्रहरी बिट राखेपछि हटाउने तयारी गरेका हौं ।’

    कामपा प्रहरीका प्रमुख पाण्डेले केही दिनअघि प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक (डीआईजी) पोषराज पोखरेललाई फोटोसहितको प्रतिवेदन हस्तान्तरण गरेको थियो ।

    उक्त प्रतिवेदनमाथि प्रहरी प्रधान कार्यालयको राय प्राप्त भएपछि प्रहरी बिट हटाउने विषयमा निर्णय गरिने कामपा प्रहरी प्रमुख पाण्डेले बताउनुभयो ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij