प्रकाशित मिति : शुक्रबार, फाल्गुन २६, २०७९
बर्दिया । प्रहरीले आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै बर्दियाको गेरुवाका स्थानिय आन्दोलित भएका छन् ।
शान्ति सुरक्षाका निम्ती खटिएका प्रहरीले नै आफूहरुमाथि दुर्व्यवहार गरेको भन्दै गेरुवा ६ लाहोरपुरका स्थानीयले इलाका प्रहरी कार्यलय शान्ति बजार अगाडि नारा जुलुस गरेका हुन् ।
घटनामा संलग्न भनिएको व्यक्तिको खोजिमा गएका प्रहरीले संलग्न आरोपित व्यक्ति नभेटेपछि आफूहरुलाई दुर्व्यवहार गरेको स्थानीयहरुले आरोप लगाएका छन् ।
यता जिल्ला प्रहरी कार्यलय बर्दियाका सुचना अधिकारी डीएसपी हिक्मतबहादुर बोहोराले आफू घटना बारे अत्यन्त गम्भीर रहेकाे भन्दै अनुसन्धानका लागि स्थलगत निरीक्षणमा आएको र दोषीलाई कारबाही गरिने बताउनु भयाे ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij