शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

राप्ती नगरपालिकामा अख्तियारको छापा

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २९, २०७९



  • चितवन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले राप्ती नगरपालिका, चितवनमा छापा मारेको छ र, उजुरीसँग सम्वन्धित कागजातहरु लगेको छ ।

    नगरपालिका प्रमुख शम्शेर लामाले सचिवालयको लागि भन्दै खरिद नै नगरेको मोवाइलको विल पेश गरेर भुक्तानी गराएको, इन्धनको लागि १ बर्षलाई छुट्टाएको रकम ८ महिनामै सकेको, विपद्को लागि छुट्टाएको ७० लाख रुपैयाँ मनपरी वितरण गरेको, नगरपालिकामा नियम विपरित कर्मचारी राखेको जस्ता उजुरी परेपछि अख्तियारको हेटौंडा कार्यालयबाट टोली खटिएको थियो ।

    नगरपालिकाको कामकारबाहीलाई लिएर १६ वटा उजुरी परेको छ ।उजुरीको छानविनको लागि आवश्यक कागजात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौंडाका सूचना अधिकारी विष्णुप्रसाद सापकोटाले जानकारी दिए ।

    नगरपालिकाका सूचना अधिकारी मुक्ति पौडेलले अख्तियारको टोलीले नगरपालिका आएर उजुरी परेको भनिएका बिषयसँग सम्बन्धित सबैको फोटोकपी लगेको बताए ।’धेरै बिषयमा उजुरी परेको रहेछ, करिब सबै श्रेस्ताको फोटोकपि लगेको छ’ पौडेलले भने ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij