शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

भ्रष्टाचारको अखडा बन्दै स्थानीय तह

  • प्रकाशित मिति : सोमवार, फाल्गुन २९, २०७९



  • काठमाडौं । सरकारी रकम हानिनोक्सानी गरेको कसुरमा अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सर्लाहीको हरिवन नगरपालिका–१० का वडाध्यक्ष शम्भुप्रसाद मैनालीसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले शुक्रबार वडाध्यक्ष मैनालीसहित गौरी कुमारी र हिराकुमारी श्रेष्ठविरुद्ध बिगो, कैद र जरिवाना मागदाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    तीनैजनाविरुद्ध ९ लाख ३६ हजार रूपैयाँ बिगो मागदाबी गरिएको छ। अख्तियारले मैनालीविरुद्ध १ वर्ष ६ महिनादेखि २ वर्ष ६ महिनासम्म कैद सजायको पनि मागदाबी गरेको छ। उनीविरुद्ध वडा १० को नयाँरोड बजारअन्तर्गतको पूर्वपश्चिम राजमार्गसँग जोडिएको जग्गा बकसपत्र लिखत पारित गर्दा जग्गाको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लेख भएकोभन्दा कम मूल्य राखी रजिस्ट्रेसन गरेको आरोप छ।

    यस्तै गौरी कुमारीले कित्ता नम्बर ३५१ को जग्गा पूर्व–पश्चिम राजमार्गसँग जोडिएको थाहा हुँदाहुँदै उक्त कित्ता नम्बरको जग्गालाई खेतीयोग्य र बाटो नभएको जग्गा भनी हरिवन–१० बाट घरबाटो प्रमाणित सिफारिसपत्र लिएको पाइएको छ।

    यो समाचार आजको नागरिक दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij