शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

आरआरमा स्ववियु निर्वाचन अनिश्चित, निर्वाचन अधिकृत नै सम्पर्कविहीन

  • प्रकाशित मिति : बिहिबार, चैत्र २, २०७९



  • काठमाडौँ । गेट बाहिर एउटा मात्र ब्यानर झुण्ड्याइएको छ । नजिकै प्रहरीको एक टोली तैनाथ छ । बाहिर पनि सुनसान, भित्र पनि उस्तै । यो दृश्य काठमाडौं उपत्यकास्थित रत्न राज्यलक्ष्मी (आरआर) क्याम्पसको हो ।

    कुनै बेला स्ववियु निर्वाचनको सारगर्मी आरआरबाटै सुरू हुन्थ्यो । आरआरमा निर्वाचन सम्पन्न हुनु भनेको देशैभर स्ववियु निर्वाचन सम्पन्न हुनुजस्तो हुन्थ्यो । तर, अहिले क्याम्पसमा सुनसान छ भने प्रशासनमा ताला लगाइएको छ ।

    स्ववियुको नाममा अनेरास्ववियुको तर्फबाट मात्र उम्मेदवारी परेको छ । अनेरास्ववियुको तर्फबाट मदन भण्डारीले सभापति पदका लागि उम्मेदवारी दिएका छन् । उनको प्यानलबाट दिलिप खड्का सचिव र जन्मराज उपाध्यय कोषाध्यक्षका उम्मेदवार बनेका छन् ।

    अनेरास्ववियु बाहेक अन्य कुनै पनि संगठनबाट उम्मेदवारी परेको छैन् । महेश जैशी, नविन कोइराला र जमुना निउरेले स्वतन्त्र उम्मेदवारी दिएका छन् । ती बाहेक नेविसंघ, अनेरास्ववियू, अखिल क्रान्तिकारी लगायतको तर्फबाट उम्मेदवारी परेको छैन् ।

    नेविसंघ, अखिल क्रान्तिकारी र अनेरास्ववियूबीच चुनावी तालमेल हुँदा आरआर अनेरास्ववियूको भागमा परेका थियो । तर, अनेरास्ववियूको केन्द्रीय नेताहरूको दबाबमा उम्मेदवारी नै दर्ता गर्न दिइएन् ।

    यतिमात्र नभएर अखिल क्रान्तिकारी र नेविसंघका शीर्ष नेताहरूले समेत यो विषयमा अनेरास्ववियूको अध्यक्ष सुदेश पराजुलीलाई सम्पूर्ण जिम्मा दिएको बताउने गरेका छन् ।

    संयुक्त विद्यार्थी संगठनको तर्फबाट क्याम्पस प्रशासन, निर्वाचन अधिकृतको कार्यालय लगायतमा ताला लगाइएको छ । उनीहरूले निर्वाचन अधिकृतको राजीनामा माग गरेका छन् । अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले निर्वाचन अधिकृतको राजीनामा नआउँदासम्म आफूहरूले उम्मेदवारी नदिने बताए ।

    ‘निर्वाचन अधिकृत स्वतन्त्र नभएर अनेरास्ववियुको कार्यकर्ता भएर काम गरे । १०० देखि १५० जना गैर विद्यार्थीलाई भर्ना गराए । हामीले उनको राजीनामा नआएसम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न दिदैनौं,’ उनले भने ।

    निर्वाचन अधिकृत विनोद कार्की २०५५ सालको स्ववियु सभापति निर्वाचित भएको व्यक्ति भएको भन्दै उनीहरूले स्वतन्त्र व्यक्ति हुनुपर्ने माग अघि सारेका छन् ।

    निर्वाचन गराउनको लागि आफूहरूले अघि सारेका माग सुनुवाई नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नसक्ने उनको भनाइ छ । क्याम्पसले निर्वाचन गराउनका लागि सबै संगठनहरूसँग छलफल गरेर अगाडि बढ्नुको साटो एकलौटी ढंगबाट अगाडि बढिरहेको उनले बताए ।

    केही दिन अगाडि आरआरमा चलिरहेको छलफलमा अनेरास्ववियूका कार्यकर्ता खुकुरी बोकेर क्याम्पसमा गएका थिए । खुकुरी बोकेर हिँडेका अनेरास्ववियूका स्थायी कमिटी सदस्य मनोज चन्दलाई प्रहरीले पक्राउ गरेको थियो । तर, अहिले उनी छुटिसकेका छन् ।

    कलेजमा निर्वाचन गराउने वातावरण नभएको भन्दै निर्वाचन अधिकृत कलेज नै आउन छोडेका छन् । आन्दोलनरत विद्यार्थीहरूले कलेज नआउन धम्की दिइरहेका छन् । त्यस्तै क्याम्पस प्रमुख समेत कलेजमा आउन सकिने वातावरण नभएको भन्दै नआएको विद्यार्थीहरूको बताएका छन् ।

    स्ववियु निर्वाचनको नाममा कलेज कति दिनसम्म बन्द हुने हो भन्नेमा विद्यार्थीहरू चिन्तित देखिएका छन् । उनीहरूले सबै सरोकारवाला निकाय बसेर तोकिएकै समयमा स्ववियु निर्वाचन गराउन र विद्यार्थीहरूलाई पढ्ने माहोल निर्माण गर्न माग गर्दै आएका छन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij