शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

खुम्बुमा लेक लागेर मृत्यु भएका पर्यटकको शव उद्धारमा अझै कठिनाई

  • प्रकाशित मिति : बुधबार, चैत्र ८, २०७९



  • सोलुखम्बु। सोलुखुम्बुको खुम्बु क्षेत्रमा लेक लागेर मृत्यु भएका एक विदेशी पर्यटकको शव उद्धारमा कठिनाई भएको छ। बाक्लो हिमपात तथा प्रतिकुल मौसमका कारण सोमवार लेक लागेर मृत्यु भएका स्लोभाकियाका ६८ वर्षीय आर्क जान्को शव उद्धारमा कठिनाई भएको हो।

    खुम्बु पासाङल्हामु गाउँपालिका–४ गोरक्सेप क्षेत्रमा रहेको हिमालयन होटलमा सुतेकै अवस्थामा अक्सिजन अभावका कारण उनको मृत्यु भएको थियो।

    जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका डीएसपी दिपक श्रेष्ठका अनुसार खुम्बु क्षेत्रमा लगातार हिमपात भइरहेकाले शव उद्धारमा समस्या भइरहेको छ। उनका अनुसार हिमपातका कारण सो क्षेत्रको सञ्चार सेवासमेत प्रभावित भएको छ । जसका कारण शव उद्धारमा समस्या भएको छ।

    खुम्बु क्षेत्रमा हिमपात भईरहेको र मौसम सहज हुने बितिक्कै हेलिकोप्टर पठाएर उद्धार गरिने डीएसपी श्रेष्ठले बताए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij