प्रकाशित मिति : शनिबार, चैत्र ११, २०७९
अभिनेता पल शाहले दर्शकको साथ र मायाले आफूलाई चलचित्र क्षेत्रमा नयाँ जोस जागर आएको बताएका छन् । दर्शकले गरेको माया र सद्भावलाई आत्मसाथ गरी अगाडि बढ्ने उनको भनाइ छ । चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले शनिबार घोराहीमा गरेको स्वगत सम्मान तथा साक्षात्कारमा बोल्दै शाहले विगत एक वर्षदेखि आफू ओझेलमा हुँदा पनि आम दर्शक र गृह जिल्ला बासीले गरेको माया र साथलाई कहिले पनि नभुल्ने र दर्शकको मायालाई आत्मसाथ गर्दै अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
आफूलाई विभिन्न क्षेत्रबाट प्रत्यक्ष अप्रत्यक्ष रुपमा माया गर्ने दर्शकहरुलाई धन्यबाद पनि दिए । कार्यक्रममा नेपाल पत्रकार महासंघ दाङका निवर्तमान उपाध्यक्ष लीला शाह, सचिव आरके शितल, सहसचिव दीप्ति शिखा चौधरी, चलचित्र पत्रकार संघ दाङ का सल्लाहकार शरद रेग्मी लगायतकाले उपस्थिति रहेको थियो । कार्यक्रमको सहजीकरण संघका सचिव निरला अर्यालले गरेकी थिइन् ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij