मङ्लबार, कार्तिक २५, २०८३ | Tuesday 10th November 2026

दिनमा कति वटा अण्डा खानुपर्छ ? के भन्छन् आहारविद् ?

  • प्रकाशित मिति : बुधबार, चैत्र १५, २०७९



  • अण्डा खानु स्वास्थ्यका लागि निकै फाइदाजनक मानिन्छ । अण्डामा पाइने पोषक तत्त्व र गुणले शरीरलाई स्वस्थ राख्न मद्दत गर्छ । फिटनेस फ्रिक हुन् वा जिममा कसरत गर्ने व्यक्तिहरू, सबैले धेरै अण्डा खान्छन् । बिहानको खाजामा अण्डाबाट बनेको परिकार होस् वा बेलुकी उसिनेको अण्डा दुवै स्वाद र पौष्टिकताले भरिपूर्ण हुन्छन् । अण्डामा पर्याप्त मात्रामा प्रोटिन पाइन्छ, यसबाहेक अण्डामा पर्याप्त मात्रामा मिनरल्स र हेल्दी फ्याट पनि पाइन्छ । अण्डामा कोलेस्ट्रोलको मात्रा बढी हुन्छ र यही कारणले गर्दा अण्डाको पहेँलो कम सेवन गर्न सल्लाह दिइन्छ । भनिन्छ आइतबार होस् वा सोमबार, दैनिक अण्डा खानुहोस्, तर के तपाईँलाई थाहा छ, स्वास्थ्यका लागि कति अण्डा फाइदाजनक छ ? यसबारे जानकारी लिऔँ ।

    एक दिनमा कति अण्डा खानु पर्छ ?

    अण्डामा पाइने प्रोटिन, भिटामिन ए, भिटामिन बी १२, भिटामिन डी, क्याल्सियम, जिङ्क र फोलेट जस्ता पोषक तत्त्वहरू शरीरका लागि निकै फाइदाजनक हुन्छन् । अण्डाको नियमित सेवन स्वास्थ्यका लागि फाइदाजनक हुन्छ तर यसको अत्यधिक सेवनले स्वास्थ्यमा गम्भीर हानी पु¥याउन सक्छ । धेरै अण्डा खाँदा तपाईँको शरीरमा गर्मी बढ्न सक्छ र यसको कारण तपाईँको पेट पनि खराब हुन सक्छ । नियमित रूपमा अण्डा बढी खाँदा तपाईँलाई अन्य धेरै समस्याको खतरा पनि हुन्छ । यस्तो अवस्थामा तपाईँले एक दिनमा सीमित मात्राभन्दा बढी अण्डा खानु हुँदैन ।

    भारतको स्वास्थ्य केन्द्रका क्लिनिकल डाइटिशियन डा. वीडी त्रिपाठी दैनिक अण्डा खाँदा शरीरमा प्रोटिनसहित थुप्रै पोषक तत्त्वहरू उपलब्ध हुने बताउँछन् । यसको प्रयोग मांसपेशीको विकासमा र शरीरलाई रोगबाट बचाउनमा पनि फाइदाजनक हुन्छ । सामान्यतया स्वस्थ व्यक्तिले दैनिक २ देखि ३ वटा अण्डा खानुपर्छ । जो व्यक्ति जिममा वर्क आउट गर्छन् वा एथलीट हुन्छन्, उनीहरूलाई बढी प्रोटिन चाहिन्छ । यस्ता व्यक्तिले दिनमा ४ देखि ५ अण्डा खान सक्छन् । नियमित रूपमा अण्डा खाने मानिसले अण्डाको सेतो भाग मात्रै खानुपर्छ । यसबाहेक जसलाई मुटु वा कोलेस्ट्रोलको समस्या छ, उनीहरुले दिनमा २ वटा भन्दा बढी अण्डा खानु हुँदैन ।

    धेरै अण्डा खानुका साइड इफेक्ट

    धेरै अण्डा खाँदा तपाईंको स्वास्थ्यमा गम्भीर क्षति हुने खतरा हुन्छ । यसमा कोलेस्ट्रोल उच्च हुन्छ र अण्डाको प्रभाव तातो हुन्छ । त्यसैले सीमित मात्रामा अण्डा खानु स्वास्थ्यका लागि फाइदाजनक मानिन्छ । मुटु रोगीलाई पनि धेरै अण्डाको सेवन गर्न निषेध गरिएको छ । कुनै पनि रोग वा समस्या भएका व्यक्तिले चिकित्सकको सल्लाहबिना अण्डा खानु हुँदैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    कार्तिक शुक्ल प्रतिपदामा गोवर्द्धन, बली, गोरु र हलिको पूजा
    भारतमा क्यान्सरसम्बन्धी १३७ औषधि सस्तो बनाइयो
    अर्थमन्त्री डा. स्वर्णिम वाग्ले टर्कीए प्रस्थान
    कौडा र जुवातासको खालबाट १०७ जना पक्राउ
    छ सय बढी गाईको सामूहिक पूजा
    कारागारबाट फरार भएका थप दुई कैदी पक्राउ, पक्राउ पर्नेको संख्या ६ पुग्यो
    रुकुम पश्चिमको बाँफिकोटमा वर्षा, कस्तो छ अन्यत्रको मौसम?
    डेढ किलो थाई गाँजासहित त्रिभुवन विमानस्थलबाट भारतीय नागरिक पक्राउ
    नव नियुक्त IGP डाक्टर मनोज के.सी.द्वारा उपत्यकाका प्रहरी प्रमुखहरूलाई चाडपर्व लक्षित सुरक्षा व्यवस्था प्रभावकारी बनाउन निर्देशन
    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij