शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

यस्तो मन्दिर, जहाँ हुन्छ २५ हजार मुसाको पूजा

  • प्रकाशित मिति : शनिबार, चैत्र १८, २०७९



  • काठमाडौं । घरहरुमा मुसाले हैरान पार्नु आम समस्या नै हो । हुनत मुसालाई गणेश भगवानको वाहन भनिन्छ, हिन्दु धर्ममा । तर मानिसहरु घरमा ध्वंस मच्चाउने मुसा नियन्त्रण गर्न तथा मार्नका लागि अनेक खालका विधि अपनाउँछन् ।

    संसारमा सबैतिर मानिसले मुसालाई धपाउन तथा मार्नका लागि अनेक कसरत गर्ने भए पनि भारतमा चाहीँ मुसालाई पूजा गर्नका लागि एउटा मन्दिर नै खडा गरिएको छ ।

    भारतको राजस्थानस्थित बिकानेरमा रहेको करणी माताको मन्दिर संसारकै एउटा मात्र यस्तो मन्दिर हो जहाँ केवल मुसाहरुको मात्र पूजा गरिन्छ ।

    यो मन्दिरलाई मूषक मन्दिर अर्थात् मुसाको मन्दिर पनि भनिन्छ किनकी यो मन्दिरमा २५ हजार भन्दा धेरै संख्यामा मुसा बस्दछन् । र, त्यहाँ बस्ने मुसालाई देवी माताका सन्तान भनिन्छ ।

    सो मन्दिरमा दर्शनका बेला भक्तजनहरुलाई केही विशेष निर्देशन दिइन्छ । सो मन्दिरमा हिँड्दा खुट्टा लतारेर हिँड्नु पर्दछ । खुट्टा उचालेर हिँड्दा मुसाहरु पाइताला मुनि आएर कुल्चिएर मर्ने सम्भावना हुने भएकाले यस्तो नियम बनाइएको हो । त्यसैले सो मन्दिर बाहिर हिँड्दा खुट्टालाई जमिनभन्दा माथि उठाउन पाइँदैन । पैतलामुनि मुसा आउनुलाई मात्रै पनि त्यहाँ निकै अशुभ मानिन्छ ।

    यो मन्दिरमा खैरो रंगका मुसाका अतिरिक्त केही सेता मुसाहरु पनि पाइन्छन् । ती श्वेत मुसाहरुलाई निकै पवित्र मानिन्छ ।

    – एजेन्सीको सहयोगमा

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij