शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

करोडपति ‘सुब्बासाब’- धमाधम अख्तियारको फन्दामा, कसको अवैध सम्पत्ति कति ?

  • प्रकाशित मिति : सोमवार, चैत्र २०, २०७९



  • काठमाडौं । आकर्षक निकायमा बस्ने नायब सुब्बास्तरका कर्मचारीहरु अकूत सम्पत्ति छानबिनका क्रममा धमाधम ‘भ्रष्टाचारी’ सावित हुन थालेका छन् । उनीहरु अकूत सम्पत्ति आर्जन गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा पर्दै जान थालेका हुन् ।

    यसै क्रममा अख्तियारले आइतबार भन्सार विभागका पूर्व नायबसुब्बा रघुनाथ घिमिरेविरुद्ध २ करोड १४ लाख गैरकानुनी रुपियाँ आर्जन गरेको आरोपमा भ्रष्टाचार मुद्दा दायर गरेको हो । अख्तियारले घिमिरे र उनकी श्रीमती शारदा गौतमविरुद्ध विशेष अदालतमा मुद्दा दायर गर्दै भ्रष्टाचार गरेर कमाएको सो सम्पत्ति जफत गर्न माग गरेको छ ।

    आयोगका अनुसार घिमिरेले ७ करोड ३९ लाख ६२ हजार ९ सय ८४ रुपियाँ जोडेकोमा त्यसमध्ये उनको वैध आम्दानी ५ करोड २५ लाख १६ हजार रुपियाँ मात्रै ठहर भएको थियो । बाँकी २ करोड १४ लाख ४६ हजार ६ सय ५२ रुपियाँ २४ पैसा गैरकानुनी रुपमा आर्जन गरेको पुष्टि भएको आयोगका प्रवक्ता भोला दाहालले जानकारी दिनुभयो ।

    यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij