शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

१३ डीआईजी पदका लागि तीब्र प्रतिस्पर्धा

  • प्रकाशित मिति : सोमवार, चैत्र २०, २०७९



  • काठमाडौं । प्रहरी महानिरीक्षक, अतिरिक्त महानिरीक्षकको बढुवापछि खाली १३ वटा प्रहरी नायब महानिरीक्षक (डीआईजी)का लागि दौडधूप सुरु भएको छ । राजनीतिक हस्तक्षेपले थङथिलो बनेको प्रहरी संगठनमा केही समय यता सरकारले वरिष्ठतालाई मान्यता दिन थालेपछि सुधारको आशा पलाएको छ । नायव महानिरीक्षक बढुवामा पनि सोही नजिरले काम गरेको अवस्थामा प्रहरीभित्र मनोबल बढ्ने देखिन्छ ।

    नेपाल प्रहरीमा १३ वटा नायब महानिरीक्षको पद रिक्त छ । सरकारले दुई पटक गरी ९ डीआईजीलाई एआईजी बनाएपछि नायवमहानिरीक्षक पद खाली भएको हो । चैत ६ मा मन्त्रिपरिषद्ले ५ जना अधिकृतहरूलाई अतिरिक्त महानिरीक्षक मा बढुवा गर्ने निर्णय गरेको थियो ।

    बढुवा हुनेमा टेकप्रसाद राई, दीपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य हुनुहुन्छ । उहाँहरुसंगै बढुवा भएका वसन्त कुँवर प्रहरी संगठनकै सारथी बन्न सफल हुनुभएको छ । त्यसलगत्तै अन्य चार डीआईजीलाई एक तह बढुवा भएका छन् । सिफारिस पर्नेहरुमा मिरा चौधरी, सुदिप गिरि, टेक बहादुर तामाङ र सन्दीप भण्डारी हुनुहुन्छ । यद्यपि उहाँहरुको बढुवालाई मन्त्रिपरिषद् बैठकले अनुमोदन गर्न बाँकी नै छ ।

    अहिले प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा हुने ७ जना हालका महानिरीक्षक कुँवरका ब्याची भएकोको उहाँ सँगै अवकासमा जाने छन । ३१औं प्रहरी महानिरीक्षकको लागि बरियता नमिचिएमा हाल प्रहरी अतिरिक्त महानिरीक्षकमा बढुवा हुँदा तेस्रो नम्बरमा रहेका दीपक थापा दाबेदार हुनु हुने छ । थापा २०५२ भदौ १९ मा प्रहरी सेवामा प्रवेश गर्नुभएको हो ।

    ३० वर्षे सेवा अवधिको प्रावधान कायम रहेमा प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवर २०८१ चैत ४ गतेसम्म आईजीपीमा बहाल रहनु हुने छ । १० महिने कार्यकाल सकेर अवकासमा गएका पूर्व प्रहरी प्रमुख धिरजप्रताप सिंहसंगै उहाँका ब्याची प्रहरी अतिरिक्त महानिरीक्षक सहकुल थापा, दिवेश लोहनी, उत्तराज सुवेदी र प्रहरी नायब महानिरीक्षक मसाउद आलम खाँ, मोहन आचार्य र नल प्रसाद उपाध्याय घर फिर्ता हुनुभएको छ । लामो समयदेखि रिक्त एआईजीमा बढुवासँगै डीआईजीमा रिक्त पदसंख्या १३ पुगेको हो । डीआईजी बढुवा हुने मेरिट लिस्टको पहिलो नम्बरमा जनक भट्टराई हुनुहुन्छ ।

    भट्टराईसहित १० जना वरिष्ठ उपरीक्षकमा बढुवा भएका थिए । उनीहरू समेत डीआईजी हुने प्रतिस्पर्धामा छन् । विष्णु कुमार केसी, भरत बहादुर बोहरा, कुबेर कडायत, केदार ढकाल, रवीन्द्र केसी, राजेशनाथ बास्तोला, लालमणि आचार्य, यज्ञ विनोद पोखरेल र चन्द्र कुवेर खापुङ.बरीयतामा अगाडि हुनुहुन्छ ।

    २०७७ माघ र २०७८ मंसिरमा बढुवा भएकाहरू डीआईजी बढुवाको अग्रस्थानमा छन् । यसमा अर्जुन चन्द ठकुरी, सुरेन्द्र प्रसाद मैनाली, चक्रबहादुर सिंह र विकाश राज खनाल पर्नुहुन्छ । नवनियुक्त उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले कोसेली, पैसा र चाकरी आफ्ना लागि अप्रिय भएको बताउनुभएको थियो । उहाँ आफ्नो बचनमा टिक्नुभयो भने प्रहरी संगठनले बहुआयामिक उपलब्धि हासिल गर्नेमा दुईमत छैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij