शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

नयाँ बसपार्कमा प्रहरीको स्विप अपरेसन, ७७ जना पक्राउ

  • प्रकाशित मिति : बिहिबार, चैत्र २३, २०७९



  • काठमाडौँ । प्रहरीले काठमाडौँको नयाँ बसपार्कमा स्विप अपरेसन चलाएर ७७ जनालाई पक्राउ गरेको छ । बसपार्क क्षेत्रमा अवैध गतिविधि गरेको आरोपमा उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका डिएसपी निरञ्जनदत्त भट्टले बताए ।

    बुधवार राति प्रहरीले सो क्षेत्रमा ठगी र यौन धन्दा चलाउनेहरू विरुद्ध स्विप अपरेसन सञ्चालन गरेको थियो । टोखा नगरपालिका स्थित वडा नम्बर–२६ र वडा नम्बर–९ मा सञ्चालित गेस्ट हाउस, दोहोरी, डान्सबार तथा रात्रि क्लबमा आबद्ध रहेकाहरू पक्राउ परेका छन् ।

    डान्सबार लगायतका रात्रि क्लबहरूमा चर्को मूल्य असुलेर ग्राहकलाई ठग्ने गुनासो बारम्बार आउने गरेको छ । पक्राउ पर्नेमा ३६ जना महिला र ४१ जना पुरुष छन् ।

    प्रहरी प्रभाग नयाँ बसपार्कले बुधवार थप १५ जनालाई पक्राउ गरेको थियो । आरोपीहरूबारे अनुसन्धान भइरहेको डिएसपी भट्टले जानकारी दिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij