शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

ट्राफिक प्रहरीद्वारा ५ वर्षमा मादक पदार्थ सेवन चेकजाँचबाट १४ करोड राजस्व संकलन

  • प्रकाशित मिति : बिहिबार, चैत्र २३, २०७९



  • काठमाडौं । मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउनेलाई कारबाही गरेर ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।

    विगत ५ वर्षमा काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई कारबाही गरी ट्राफिक प्रहरीले १४ करोड ५ लाख ३१ हजार रुपैयाँ राजस्व संकलन गरेको हो । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५ देखि २०७९ सम्ममा १ लाख ४० हजार ५३१ जनालाई कारबाही गरी उक्त राजस्व अलुसी गरिएको हो । २०६९ मंसिर २२ देखि काठमाडौं उपत्यकामा मादक पदार्थ सेवन जाँच सुरु गरिएको थियो । सवारी दुर्घटना बढ्न थालेपछि काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले मापसे जाँच गर्न थालेको हो ।

    उपत्यकामा मादक पदार्थ सेवन जाँच सुरु थालेको १० वर्ष हुँदा मादक पदार्थ सेवन गरी सवारी चलाउनेको संख्या भने घटेको छैन । कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७५/०७६ मा मादक पदार्थ सेवन गरी सवारी चलाउने ३२ हजार २५६ जना चालकलाई कारबाहीमा परेका थिए । यस्तै, प्रहरीले चालु आर्थिक वर्ष २०७९/०८० को हालसम्म मादक पदार्थ सेवन गरी सवारी चलाउने ३८ हजार २६२ जनालाई कारबाही गरेको छ । मादक पदार्थ सेवन गरी सवारी चलाउने चालकलाई ट्राफिक प्रहरीले एक हजार रुपैयाँ जरिवाना गर्ने गरेको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij