शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सम्बन्ध स्थापित गर्दा मरेको नाटक गर्छन् माकुरा, कारण चकित पारिदिने

  • प्रकाशित मिति : बिहिबार, चैत्र २३, २०७९



  • माकुराले बनाएको जालो जति जटिल हुन्छन्, त्यति नै जटिल हुन्छन् माकुराको दुनियाँ । माकुराका केही प्रजातिमा सेक्सपछि भाले पोथीको सिकारमा पर्छन् । पोथीले भालेलाई मारेर खान्छ । आफूलाई जोगाउने प्रयासमा माकुराले पनि समय–समयमा आत्मरक्षाको बाटो अपनाउँछन् ।

    एक शोधका अनुसार फनल विभिङ स्पाइडर यौन सम्बन्ध स्थापित गर्दा निकै अचम्मको व्यवहार गर्छन् । सम्बन्ध स्थापित गर्दा यिनीहरूले अचम्मको व्यवहार देखाउँछन् । हेर्दा यिनीहरू मरिसके कि जस्तो देखिन्छन् । यस्तो गर्नुको एउटा रोचक कारण छ ।

    यी माकुरालाई फनल विभर्स र फनल वेब स्पाइडर पनि भनिन्छ । यिनीहरू पातलो हुन्छन् र तेज गतिमा कुद्न सक्छन् । यिनीहरूले आफ्नो जालो फनल (सोली) को आकारमा बनाउँछन् जसले सेक्सुअल क्यानाबिलिजममा सहज बनाउँछ अर्थात् यौन सम्बन्धपछि भालेलाई मारेर खान सहज हुन्छ । यस्तोमा यौन सम्बन्ध भालेका लागि आनन्ददायी कम, खतरनाक बढी हुन्छ ।

    केही प्रजातिका माकुराले एक असामान्य व्यवहार विकसित गरेका छन् जसलाई सेक्सुअल क्याटालेप्सी भनिन्छ । यसमा पोथीले आफ्नो खुट्टा मोड्ने गर्छन् र एकदम स्थिर हुन्छन् । झट्ट हेर्दा यिनीहरू मरिसकेका जस्ता देखिन्छन् । यो देखेर पोथीले अब आक्रमण गर्दैन भन्ने कुरामा भाले ढुक्क हुन्छन् । त्यसैले उसले सम्बन्ध स्थापित गरिरहन्छ ।

    शोधकर्ताका अनुसार पोथी माकुराले जानीजानी आफूलाई स्थिर बनाउँछ वा व्यवहारिक ट्रिगर वा केमिकल क्यूका कारण भालेको यो व्यवहारमा कुनै नियन्त्रण हुन्छ भन्ने स्पष्ट जानकारी थिएन । तर अब नतिजा सार्वजनिक भएको छ ।

    यो बुझ्नका लागि अनुसन्धानकर्ताले फनल माकुराको सेक्सुअल क्याटालेप्सीको तुलना एट्रीजीना एक्यूलेटा प्रजातिका माकुरासँग गरे । यसमार्फत उनीहरुले पोथीको यस्तो व्यवहार भालेको नियन्त्रणमा हुन्छ कि पोथीको भनेर थाहा पाउन खोजे । यो शोधको नतिजा हालै करेन्ट जुलोजी जर्नलमा प्रकाशित भएको छ ।

    शोधकर्ताले ए. एक्युलेटा पोथीमाथि पनि अध्ययन गरे र यो तीन चरणमा गरियो । माकुराले आफूलाई मृत देखाउने क्रियालाई थानाटोसिस पनि भनिन्छ । शोधकर्ताको मान्यता यो छ कि यदि सेक्सुअल क्याटालेप्सी, थ्यानाटोसिससँग धेरै मिल्दोजुल्दो हुन्छ भने यसलाई पोथीले नै नियन्त्रण गरिरहेका छन् । तर यदि यो एनेस्थिसियाजस्तै छ भने यसलाई भालेले नियन्त्रण गरिरहेका छन् भनेर मान्न सकिन्छ ।

    नतिजाबाट के पत्ता लाग्यो भने सेक्सुअल क्याटालेप्सी थेनाटोसिसजस्तै थियो । शोधका सह–लेखक मार्क एल्गरका अनुसार यो शोधले स्पष्ट हुन्छ कि सेक्सुअल क्याटालेप्सी पोथीले नियन्त्रण गर्छ र यसरी नै उनीहरुले आफ्नो साथी छान्ने गर्छन् । सम्बन्ध त्यति बेला नै स्थापित गर्छन् जब पोथीले सेक्सुअल क्याटालेप्सी (यौन उत्प्रेरक) गर्छन्, त्यसैले यदि उनीहरुले यस्तो व्यवहार गरेनन् भने सम्बन्ध स्थापित गर्ने प्रक्रिया अघि बढ्दैन ।

    यद्यपि, यौन सम्बन्धका बेला पोथी मृत देखिन सक्छन् तर भालेले राम्रोसँग बुझ्छन् कि उनीहरुले नाटक गरिरहेका छन् । प्रक्रिया समाप्त भए लगत्तै जब भाले पछि हट्छ तब पोथी उठ्छन् । एल्गरका अनुसार फनल माकुराका थुप्रै अन्य प्रजातिमा पनि सेक्सुअल क्याटालेप्सी हुन्छ तर यो प्रविधिले अन्य समूहमा पनि त्यसरी नै काम गर्छ भनेर भन्नु हतार हुन्छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij