प्रकाशित मिति : आइतवार, भदौ १२, २०७३
सल्यान । सल्यानमा चट्याङमा परी एक महिलाको ज्यान गएको छ ।
सल्यान वामे गाउँ विकास समिति वडा न ७ खानीगाउँकी ३५ वर्षीया धनसरी पुनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सल्लीबजारका प्रहरी प्रमुख चक्र बहादुर खत्रीले जानकारी दिए ।
बाख्रा चराउन जंगल गएको समयमा शनिबार बेलुका ५ बजेतिर परेको चट्याङ लागि पुनको मृत्यु भएको उनले जानकारी दिए । इलाका प्रहरी कार्यालय सल्लीबजारबाट ५ घण्टाको दुरीमा घटना घटेकाले आजबिहान मात्रै थाहा भएको उनले बताए ।
चट्याङले मृत्तक पुनका ६ वटा बाख्रा समेत मरेका छन् । यस्तै शनिबारनै परेको चट्याङले देवस्थल २ माल्पेमा २ जना घाइते भएका छन् । घाइते दुवै प्राथामिक उपचार पछि घर फर्र्किएको प्रहरीले जनाएको छ ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij