शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भारतकी राष्ट्रपतिको यो रुप !

  • प्रकाशित मिति : आइतवार, चैत्र २६, २०७९



  • काठमाडौं । भारतकी राष्ट्रपति द्रौपदी मुर्मुले शनिबार लडाकु विमान सुखोई–३० बाट उडान भरेकी छन् ।

    समाचार एजेन्सी पीटीआईका अनुसार राष्ट्रपति मुर्मुले असमको तेजपुर एयर फोर्स स्टेशनबाट यो उडान गरेकी थिइन्।

    उनीअघि भारतका धेरै राष्ट्रपति सुखोई–३० मा उडिसकेका छन् । डा. एपीजे अब्दुल कलाम, प्रतिभा देवी पाटिल र रामनाथ कोविन्दले पनि सुखोइमा उडान गरेका छन् ।

    यसअघि उनलाई तेजपुर एयरफोर्स स्टेशन पुगेर गार्ड अफ अनर दिइएको थियो । राष्ट्रपति मुर्मु असमको तीन दिने भ्रमणमा बिहीबार त्यहाँ पुगेकी हुन् ।

    यसै क्रममा उनले काजिरंगा राष्ट्रिय निकुञ्जमा गजा उत्सवको उद्घाटन गरिन् । गुवाहाहाटी उच्च अदालतको ७५ वर्ष पूरा भएको उपलक्ष्यमा आयोजित कार्यक्रममा पनि उनी सहभागी भएकी थिइन् ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij