शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

इन्द्रलाई रोक्न बहादुरको नेतृत्वमा कांग्रेस बागमती सरकारमा सहभागी हुँदै

  • प्रकाशित मिति : आइतवार, चैत्र २६, २०७९



  • मकवानपुर । बागमती प्रदेश सरकारमा नेपाली कांग्रेस सहभागी भएको छ । सरकारमा नेपाली कांग्रेस संसदीय दलका नेतासहित अर्का एक जना सांसद मन्त्री बनेका हुन् ।

    कांग्रेस भित्रको अन्तरद्वन्दका कारण संसदीय दलको नेता नै मन्त्री बनेका हुन् । कांग्रेस संसदीय दलमा संस्थापन र इतर समूह त कायमै छ । त्यसमाथि पनि संस्थापन पक्ष दुई धारमा रहेको छ ।

    संसदीय समितिमा कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बहादुर बानियाँ र संसदीय दलका नेताको स्पष्ट खेमा कायम छन् । संसदीय दलको नेताको निर्वाचनमा बानियाँलाई बहादुरसिंह लामाले पराजित गरेसँगै संसदीय समितिमा संस्थापन पक्ष दुई धारमा विभाजित भएको थियो ।

    उक्त दुई धारमध्ये लामाको नेतृत्वलाई कांग्रेस प्रवक्ता एवम् अर्थ मन्त्री प्रकाश शरण महत, सहमहामन्त्री महालक्ष्मी उपाध्याय डिना र केन्द्रीय सदस्य मोहन बहादुर बस्नेतको साथ छ भने बानियाँ एकल रूपमा संघर्ष गर्दै आएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाले प्रदेशसभाको पहिलो कार्यकालमा मुख्यमन्त्रीको प्रमुख दाबेदारको रूपमा रहेका बानियाँलाई मन्त्री बनाउने आन्तरिक तयारी गरेका थिए । महत, डिना र बस्नेतले उक्त तयारीको विरुद्धमा गएर संसदीय दलको नेता लामालाई नै मन्त्रीको रूपमा अघि सारेका थिए । बानियाँले गत मंसिर ४ को निर्वाचनमा आफूलाई हराउन भूमिका खेलेको भन्दै डिना आफ्नो शक्ति प्रदर्शनमा सक्रिय छिन् ।

    उनी कुनैपनि अवस्थामा बानियाँलाई शक्ति र सत्ताच्युत बनाउने योजनामा छिन् । सोही अनुसार डिनाले दलको नेताको निर्वाचनमा लामाको पक्षमा खुलेकी थिइन् । सोही अनुसार प्रदेशको कुनैपनि शक्ति र पदमा बानियाँलाई सहभागी हुन नदिने उनको रणनीति रहेको छ ।

    लामो समयदेखि विस्तार हुन नसकेको बागमती प्रदेश सरकारको मन्त्रिपरिषद्मा आइतबार २ मन्त्री नियुक्त हुँदैछन् । मुख्यमन्त्री शालिकराम जम्कट्टेलले दोस्रो पटक विश्वासको मत दिएको दिनदेखि प्रदेशको ७ मन्त्रालय मन्त्री विहीन अवस्थामा रहेको थियो ।

    विगत १६ दिनदेखि विस्तार हुन नसकेको मन्त्रिपरिषदमा आइतबार कांग्रेसले प्रतिनिधिमूलक रूपमा मन्त्री पठाएको हो । कांग्रेसले बागमती प्रदेश कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामाको नेतृत्वका कांग्रेस सरकारमा सहभागी हुन लागेको हो । मुख्यमन्त्री जमकट्टेलको नेतृत्वको सरकारमा कांग्रेसबाट बहादुर लामा र तीर्थ लामा सहभागी हुने तय भएको छ ।

    बहादुर लामालाई आर्थिक मामिला तथा योजना मन्त्रालय र तीर्थ खानेपानी, ऊर्जा तथा सिँचाई मन्त्रालयको जिम्मेवारी दिइने छ । नवनियुक्त मन्त्रीहरुको साढे ६ बजे शपथ हुने मुख्यमन्त्री कार्यालयले जनाएको छ । कांग्रेसले सत्ता समीकरणमा रहेका दलहरू बिना मन्त्रालय, समिति लगायतको भागबण्डा नटुंगिँदै सरकारमा सहभागिताका लागि मन्त्री पठाएको हो ।

    सरकार विस्तारका लागि मन्त्रालय र अन्य पदहरु भागबण्डा गर्नका लागि प्रदेशस्तरमा कार्यदल बनाएपनि ठोस निर्णय भने गर्न सकेको थिएन । प्रदेशको कुल ११ वटा मन्त्रालय सत्ता गठबन्धनका ४ वटा दलहरुबीच भागबण्डा गर्ने विषयमा सो कार्यदलले पटक पटक प्रयास गरेपनि सफलता पाउन सकेको थिए ।

    सत्ता साझेदार दल कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी र हाम्रो नेपाली पार्टीले सरकारमा सहभागिताको लागि छलफल भएको थियो । तर, दलहरुले मन्त्रालय संख्याभन्दा बढी मात्रामा आफ्नो दाबी पेश गरेपछि कार्यदलले भागबण्डा टुंग्याउन सकेको थिएन ।

    यता कांग्रेसभित्र भने अन्तर विरोधहरुका कारण सरकारमा एकतर्फीरुपमा मन्त्री सहभागी भएको बताइएको छ । संसदीय दलका नेता लामाले एकतर्फी रूपमा आफू र निकटका व्यक्तिलाई सरकारमा पठाएका छन् । भागबण्डाको विषय नमिल्दै सरकार विस्तार भइरहँदा दलको नेतालाई मन्त्री बन्ने हतार भएर सरकारमा सहभागी भएको कांग्रेसका एक नेताले बताए । उनले संसदीय दलमा छलफल नै नगरी दलको नेताले सरकारमा सहभागी हुने र मन्त्री पठाउने निर्णय गरेको बताए । उनका अनुसार कांग्रेसभित्रको अन्तरविरोधका कारण अर्का नेता बानियाँलाई रोक्न दलको नेता मन्त्री बनेका हुन् ।

    राष्ट्रपतिको निर्वाचनका लागि केन्द्रमा सत्ता समीकरण बदलिएसँगै यसअघि सरकारमा रहेको राप्रपा र एमालेले मन्त्रिपरिषदबाट राजिनामा गरेर प्रतिपक्षको भूमिकामा बसेको थियो । सत्ता समीकरण बदलिएसँगै राप्रपा गत फागुन १३ गते सरकारबाट बाहिरिएको थियो भने एमाले चैत १० गते सरकारबाट बाहिरिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij