शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

सलमानसँग डेट गरिरहेकी छिन् पूजा ?

  • प्रकाशित मिति : शनिबार, बैशाख २, २०८०



  • मुम्बई । अभिनेत्री पूजा हेगडे आजकल आफ्नो आगामी फिल्म ‘किसी का भाई किसकी जान’ को प्रमोशनमा व्यस्त छिन् । यसैबीच, पूजाले आफ्नो र सलमानको सम्बन्धको अफवाहबारे मौनता तोड्दै त्यस्ता रिपोर्टहरूलाई अस्वीकार गरेकी छन् । सलमान पूजाका भाइ ऋषभ हेगडेको विवाहमा सहभागी हुन मंगलौर पुगेपछि दुई जनाको सम्बन्धको बारेमा विभिन्न टिकाटिप्पणीहरु सुरु भएको थियो ।

    ईटाइम्सलाई दिएको एक अन्तर्वार्तामा जब पूजालाई सलमानसँगको सम्बन्धलाई लिएर प्रश्न गरियो उनले भनिन्, ‘म यसबारे के भन्न सक्छु । म हरेक दिन आफ्नो बारेमा नयाँ कुराहरू पढिरहन्छु। म सिंगल छु, मलाई एक्लै बस्न मन पर्छ । म अहिले आफ्नो करियरमा ध्यान केन्द्रित गरिरहेको छु । म विभिन्न सहरमा घुमिरहन्छु । अहिले मेरो लक्ष्य मेरो करियर हो । म अब यी अफवाहहरूमा ध्यान दिन सक्दिनँ ।

    एनआईसँग कुरा गर्दै पूजाले भनिन्, ‘मलाई यो फिल्म लकडाउन अघि अफर आएको थियो । त्यतिबेला यो फिल्मको शीर्षक ‘अल्लाह’ थियो। पहिले साजिद नाडियाडवाला यस प्रोजेक्टको एक हिस्सा थिए । हामीले यसअघि हाउसफूलमा सँगै काम गरेका थियौँ ।

    मोहनजोदारो देखेपछि सलमान प्रभावित भए

    ‘मेरो फिल्म मोहनजोदारो हेरेपछि सलमान सरले हामी पक्कै पनि सँगै प्रोजेक्ट गर्नेछौँ भनेर भनेर भन्नुभएको थियो । यो फिल्म मलाई एकदमै राम्रो लाग्यो किनभने फिल्ममा मेरो क्यारेक्टर तेलुगु युवतीको छ। मैले तेलुगु फिल्महरूमा धेरै काम गरेकोले यो मेरो लागि राम्रो थियो। त्यसैले पनि मलाई त्यो पात्र सुहाउँछ । सलमान खानको फिल्ममा यस्तो विशेष भूमिका गर्ने मौका पाउनु राम्रो कुरा हो,’ उनले थपिन् ।

    ‘किसी का भाई किसी की जान’ अप्रिल २१ मा रिलिज हुँदैछ । ईदको अवसरमा रिलिज हुने चलचित्रको हालै निर्माण पक्षले ट्रेलर सार्वजनिक गरेको छ । यसलाई फ्यानबाट मिश्रित प्रतिक्रिया आएको छ । फिल्ममा सलमान र पूजाबाहेक वेंकटेश दग्गुबाती, जगपति बाबु, शहनाज गिल, पलक तिवारी, विजेंदर सिंह, राघव जुयाल, जस्सी गिल, भूमिका चावला र सिद्धार्थ निगमको पनि मुख्य भूमिका छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij