शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

‘बोकेर ल्याएको खाद्यान्न पनि प्रहरीले लुट्यो’

  • प्रकाशित मिति : बुधबार, बैशाख ६, २०८०



  • काठमाडौं । गाँस, बास, कपास सडकमा लिएर आफूमाथि परेको वित्तीय अपराधको निदान खोजिरहेका मिटरब्याजी र लघुवित्त पीडितहरुले सरकारको निर्मम व्यवहारबाट आफूहरु थप मर्माहत भएको बताएका छन् । प्रहरीले लत्ताकपडा, खाद्यान्न खोसेर अमानवीय ढंगले कुटपिट गरेको भन्दै आफ्नो मानवअधिकार खोसिएर विपत्तिमा परेको दुखेसो गरेका छन् ।

    आफूहरुमाथि परेको पीडा पोख्न राजधानी पुगेर सरकारसँग गुहार माग्दा जनताको सरकारले जनतामाथि नै लाठी बनाएको मिटरब्याज पीडितहरु बताउँछन् । निहत्था जनताको शान्तिपूर्ण आन्दोलन दबाउन लाठी, पानीको फोहोरा र अश्रुग्यास प्रयोग गरिएकोमा पीडितहरुको आपत्ति छ । प्रहरी लाठीबाट घाइते पीडितहरु आफ्नै खर्चमा उपचार गर्न बाध्य छन् । प्रहरी र आन्दोलनकारीबीच भएको झडपमा झण्डै २ दर्जन आन्दोलनकारी र आधा दर्जन प्रहरी घाइते भएका थिए ।

    गाउँबाटै झोलामा रासनपानी बोकेर न्याय माग्न आएका पीडितहरु प्रहरीले गाँसबास खोसिदिएकोमा आक्रोशित छन् । आन्दोलनकारी गाँसविहीन भएपछि मानवीय हिसाबमा आफूहरुले खानपानको व्यवस्था मिलाउँदै आएको एक होटल व्यवसायी राजमणी भट्टराई बताउनुहुन्छ ।

    मिटरब्याजी साहु र लघुबित्तले दिनदिनै आएर मानसिक पीडा दिनेका कारण आफूहरु कि गर कि मरको अवस्थामा पुगेको पीडितहरु बताउछन् ।

    रत्नपार्कस्थित शान्ति बाटिकालाई न्याय माग्ने थलो बनाउँदै आएका पीडितहरुको माग सम्बोधनमा सरोकारवालाहरुको सक्रियता आवश्यक छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij