शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

अस्पतालमा बन्धक बनेको सदाको शव उठ्यो

  • प्रकाशित मिति : शनिबार, बैशाख २३, २०८०



  • सप्तरी । उपचारमा लागेको खर्चको रकम तिर्न नसकेपछि विराटनगरस्थित न्युरो अस्पतालले चार दिनदेखि ‘बन्धक’ बनाएर राखेको दलित अगुवा ३८ वर्षीय वीरेन्द सदाको शव शुक्रबार आफन्तले घर ल्याएर परम्पराअनुसार अन्त्येष्टि गरेका छन् ।

    सिरहाको मिर्चैया नगरपालिका–५ का सदा अति विपन्न परिवारका हुन् । उनलाई ब्रेन ह्यामरेज भएपछि परिवारका सदस्यले उपचारका लागि २८ चैतमा विराटनगरको न्युरो अस्पतालमा पुर्‍याएका थिए । २० दिनपछि उपचारकै क्रममा १९ वैशाखमा उनको मृत्यु भएको थियो ।

    उपचारका क्रममा लागेको सम्पूर्ण रकम तिरेपछि मात्रै शव लैजान पाउने भन्दै अस्पतालले शव नदिएपछि सदा परिवार रकमको जोहो गर्न लागेका थिए । सुरुमा स्थानीय साहुसँग कागज गरेर २ लाख जुटाएर औषधि पसल र अस्पताललाई बुझाएको मृतककी पन्ती मालतीले बताइन् ।

    आईसीयूमा राखेर लामो समय उपचार गर्दा अस्पतालको थप ३ लाख ३५ हजार तथा औषधि पसलको २ लाख ६५ हजार रुपैयाँ तिर्नुपर्ने भएको मृतकका भतिजा आशिषले सुनाए ।

    यो समाचार आजको राजधानी दैनिकमा प्रकाशित छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij