शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

भ्रष्टाचार निवारण विधेयक : मुद्दा दायरको हदम्याद हटाउन प्रस्ताव

  • प्रकाशित मिति : शनिबार, बैशाख २३, २०८०



  • काठमाडौं । सार्वजनिक पद धारणा गरेका व्यक्तिले अवकाश पाएपछि भ्रष्टाचार मुद्दा चलाउन नमिल्ने भ्रष्टाचार निवारण विधेयकको व्यवस्था हटाउन सांसदहरूले संशोधन दर्ता गर्नुभएको छ । राष्ट्रिय सभाबाट पारित भई प्रतिनिधि सभामा विचाराधीन रहेको विधेयकमा २१ वटा संशोधन दर्ता भएका छन् ।

    अधिकांश सांसदले मुद्दा चलाउने अवधि (हदम्याद) हटाउन संशोधन दर्ता गर्नुभएको हो । नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)का सांसदहरूले उक्त संशोधन दर्ता गर्नुभएको छ ।

    केही सांसदहरूले सार्वजनिक पद धारणा गरेको व्यक्ति सेवामा रहँदा भ्रष्टाचार मुद्दा अख्तियारले हेर्न नपाउने भएमा अवकाशपछि अनुसन्धान र मुद्दा चलाउन पाउने व्यवस्थासमेत थपको संशोधन गर्नुभएको छ ।

    कांग्रेस सांसदहरू गगन थापा, बद्री पाण्डे र जीवन परियारले उक्त संयुक्त संशोधन दर्ता गर्नुभएको छ । अहिले न्यायाधीशलगायतलाई सेवामा रहँदा अख्तियारले अनुसन्धान र तहकिकात गर्दैन ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij