शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

पाथिभरा मन्दिरकाे दर्शन गर्न गएका झापाका पराजुली बेपत्ता

  • प्रकाशित मिति : शनिबार, बैशाख २३, २०८०



  • ताप्लेजुङ । पाथिभरा मन्दिरकाे दर्शन गर्नका लागि जाने क्रममा झापाको अर्जुनधारा नगरपालिका-५ का लोकप्रसाद पराजुली बेपत्ता भएका छन् ।

    पाथिभरा क्षेत्रमा पर्ने माथिल्लो फेदीमा बास बसेर शुक्रबार बिहान भरिया मार्फत मन्दिरतर्फ जाने क्रममा पराजुलीबीच बाटोदेखि नै बेपत्ता भएका हुन् । भरियालाई पिसाब फेर्न जाने भनेर निस्किएका अन्दाजी ६० वर्षीय पराजुली नफर्किएपछि उनको खोजी कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ।

    पराजुलीलाई भरियाले यताउति खोजी कार्य गर्दा नभेटेकाे र त्यसपछि प्रहरीलाई खबर गरेकाे प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायव उपरीक्षक राजन लिम्बुले बताउनुभयाे । शुक्रबार बिहानैदेखि प्रहरीको टोलीसहित पराजुलीका आफन्त र स्थानीय सबै मिलेर खोजतलास गरिरहेकाे उहाँकाे भनाइ थियाे । पराजुली मानसिक रुपमा त्यति स्वस्थ नभएको पनि परिवारले बताएकाे उहाँले बताउनुभयाे ।

    झापाबाट यहि वैशाख १९ गते श्रीमती, छोरा-बुहारी, नातिनी र आफन्तसहित आएका पराजुली बुधबार बेलुकी माथिल्लो फेदीमा पुगेर होटलमा बास बसेका थिए । पराजुली हिड्न नसक्ने भएपछि बिहीबार बिहान करिब ३ बजेपछि भरिया मार्फत पाथिभरा गएका थिए ।

    अरु आफन्तहरू भने हिंड्दै गएकाे प्रहरी कार्यालय ताप्लेजुङले जनाएकाे छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij