प्रकाशित मिति : आइतवार, बैशाख २४, २०८०
धनगढी । कञ्चनपुरको बेलडाँडी गाउँपालिकाका पूर्व अध्यक्ष धनबहादुर थापाको निधन भएको छ । आइतबार बिहान पूर्व अध्यक्ष थापाको निधन भएको हो ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार ८० वर्षीय थापाको घरको नल्कामा लडेर निधन भएको छ ।
गाउँपालिकाको वडा नम्बर २ गौरीटोलका थापालाई परिवारका सदस्यले नल्कामा मृत अवस्थामा फेला पारेका थिए ।
© copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij