शनिबार, कार्तिक १५, २०८३ | Saturday 31st October 2026

नक्कली शरणार्थी प्रकरण अनुसन्धानमा प्रहरीलाई निष्पक्ष छानबिनमा सहयोग गर्ने सहमति

  • प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०८०



  • काठमाडौं। तीन ठूला दलका शीर्ष नेताहरुले नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविनमा पूर्ण रुपमा सहयोग गर्ने जनाएका छन्।

    बुधबार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेर बहादुर देउवाबीच निर्दोष नफस्ने र दोषीलाई कारवाहीको दायरामा ल्याउने बिषयमा छलफल भएको हो।

    छलफलपछि प्रधानमन्त्री प्रचण्डले पछिल्लो घटनाबारे दोषी कोही नउम्कियोस र निर्दोष कोही नपरोस् भन्नेमा एकमत रहेको बताए। उनले प्रहरीलाई स्वतन्त्र ढंगले काम गर्न दिनुपर्छ भन्ने कुरामात्र भएको जानकारी दिए।

    उनले तीन नेताहरु बिशेषगरि सदनलाई प्रभावकारी बनाउने, समितिहरुलाई पूर्णता दिने लगाएतका बिषयमा छलफल भएको बताए।

    त्यस्तै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकार सुशासनको बाटोमा अघि बढेको भन्दै राष्ट्रको अपमान गर्ने र स्वाभिमान गिराउने जोसुकै बिरुद्ध कडा कारवाही हुने स्पष्ट पारे। उनले केहिदिन अघि केपी ओलीसंग भएको भेटमा पनि नक्कली भूटानी शरणार्थी प्रकरणमा छानविनका लागि सहयोग गर्ने प्रतिवद्धता प्राप्त भएको बताए।

    त्यस्तै कांग्रेस मुख्य सचेतक रमेश लेखकले तीन नेताबीच संसदभित्रकै बिषयबस्तु बजेट, नीति तथा कार्यक्रम, बिभिन्न बिधेयक लगाएतका बिषयमा छलफल भएको बताए।

    उनले बिषयगत समितिको सभापतिको निर्वाचन, संक्रमणकालीन न्यायलाई अघि बढाउने लगायतका बिषयमा पनि छलफल भएको जानकारी दिए।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    नेपाली सेनाको प्राड बिबाक जर्नल २०८३ को बिमोचन
    न्यायमा पहुँच बढे मात्रै न्यायपालिकाप्रति जनआस्था बढ्छ : प्रधानन्यायाधीश शर्मा
    जडीबुटी बेचेर चार करोड राजस्व संकलन
    स्पेनमा रेल दुर्घटनामा ६८ जनाको मृत्यु भएपछि तीन दिन राष्ट्रिय शोक घोषणा
    शनिबारसम्म पहाडी भू-भागमा भारी वर्षा हुने
    सहुलियत अनुदानको प्रलोभन देखाएर ५ करोड ८० लाख ठगी गर्ने दुई जना पक्राउ
    काठमाडौंका यी स्थानमा आज ५ घण्टा बत्ती जाने
    काठमाडौं उपत्यकामा २४ घण्टाभित्र ८१५ सवारीसाधन कारबाहीमा: मापसे, तीव्र गति र लेन मिच्ने कारबाहीको घेरामा
    गोरखाको सोती–मान्बु जाने पुल बाढीले अवरुद्ध, सुर्खेतमा पहिरोले सडक बन्द
    दमकल जलाउने बहादुरी कि नागरिक सुरक्षामाथिको अपराध ?

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij