शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

पूर्वराजा ज्ञानेन्द्र भारतको १० दिने भ्रमणमा, भेटे उत्तर प्रदेशका मुख्यमन्त्री योगीलाई

  • प्रकाशित मिति : बिहिबार, बैशाख २८, २०८०



  • पूर्वराजा ज्ञानेन्द्र शाह र भारतीय राज्य उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथबीच भेट भएको छ।

    पूर्वराजा शाहका संवाद सचिव फणिराज पाठकका अनुसार शाह र योगीबीच बुधबार दिउँसो उत्तर प्रदेशको राजधानी लखनऊमा भेट भएको हो।

    पूर्वराजाका परिवारका अन्य सदस्य पनि सहभागी उक्त भेट सौहार्दपूर्ण वातावरणमा भएको पाठकले उल्लेख गरेका छन्।

    पूर्वराजा शाह वैशाख २२ गते रूपैडिया नाकाबाट भारत गएका हुन्। उनको सचिवालयका अनुसार शाह १० दिने भ्रमणका लागि भारत गएका हुन्।

    केही वर्षअघि पनि योगी आदित्यनाथ र शाहबीच भेट भएको थियो।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij