शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

बजेटबाट बढेन कर्मचारीको तलब

  • प्रकाशित मिति : सोमवार, जेष्ठ १५, २०८०



  • काठमाडौं । स्रोत अभाव भन्दै निजामती कर्मचारीहरुले पाउँदै आएको सबै प्रकारका भत्ता खारेज गरेको सरकारले उनीहरुले पाउने पारिश्रमिकलाई यथावत राखेको छ । केही निकायका कर्मचारीहरुले पाउने प्रोत्साहन र अतिरिक्त समय भत्ता समेत कटौती गरेको हो ।

    अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेट वक्तव्यमा ‘उच्चस्तरीय तलब आयोगको सिफारिस क्रमशः कार्यान्वयन गर्दै लगिनेछ’ भन्नेबाहेक कर्मचारीको तलबबारे केही उल्लेख गरेनन् । उच्चस्तरीय तलब आयोगको अन्य कयौं सुझावलाई बजेट वक्तव्यमा समावेश गरेको छ ।

    केही महिना अघिमात्रै उच्चस्तरिय तलब आयोगले तल्लो तहको कर्मचारीको न्यूनतम तलब ३५ हजार बनाउनुपर्ने सुझाव दिएको थियो । उसले अनावश्यक खर्च कटौती र राजस्व वृद्धि गरेर कर्मचारीहरुको तलब पुनरावलोकन गर्न सुझाव दिएको थियो । आयोगले २० फागुन २०७९ मा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको थियो ।

    तलब आयोगले आधारभूत तलबबाट कर्मचारीको मासिक तलब, कर्मचारी सञ्चय कोष थप, खाजा भत्ता, परिवहन भत्ता, शैक्षिक भत्ता, औषधी उपचार कोषमा जम्मा हुने रकम समेत समावेश गर्नुपर्ने सुझाव दिएको थियो ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij