शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

गुणस्तर तथा नापतौल कार्यालयका पूर्ववरिष्ठ निरीक्षकविरूद्ध झन्डै साढे ४ करोडको भ्रष्टाचार मुद्दा

  • प्रकाशित मिति : मङ्लबार, जेष्ठ १६, २०८०



  • गुणस्तर तथा नापतौल कार्यालय, वीरगञ्जका पूर्ववरिष्ठ निरीक्षक शशीभूषण कुमार यादवविरूद्ध झन्डै साढे ४ करोड रुपैयाँ बराबरको भ्रष्टाचारको मुद्दा दायर भएको छ।

    अख्तियार दुरूपयोग अनुसन्धान आयोगले यादवविरूद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता भोला दाहालले जानकारी दिए।

    उनले आफ्नो नोकरी अवधिभर विभिन्न कार्यालयमा रहँदा आफ्नो परिवारको नाममा जग्गा-जमिन खरिद गरी गैरकानुनी रूपमा अकुत सम्पत्ति आर्जन गरेको उजुरी परेको थियो।

    उक्त उजुरीमाथि अख्तियारले अनुसन्धान थालेको थियो।

    उनी २०४६ जेठ ८ देखि २०७९ असार मसान्तसम्म सेवा अवधिमा थिए।

    उनको आय-व्ययको विश्लेषण गर्दा ४ करोड ४७ लाख ३४ हजार २१२ रुपैयाँ भ्रष्टाचार गरी आर्जन गरेको पाइएको प्रवक्ता दाहालले बताए।

    उनका अनुसार यादवले भ्रष्टाचार गरेको पुष्टि भएपछि अदालतमा मुद्दा दर्ता गरेको हो।

    बिगो रकम घर, जग्गा र बैंक मौज्दात समेतबाट जफत गरी लिन एवं सजायको मागसहित मुद्दा दर्ता भएको अख्तियारले जनाएको छ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij