शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कञ्चनपुरमा एकै घरका ८ जनालाई विषालु पदार्थ खुुवाएर लुटपाट

  • प्रकाशित मिति : बिहिबार, जेष्ठ १८, २०८०



  • धनगढी । कञ्चनपुरमा एकै घरमा बस्दै आएका आठ जना बेहोस अवस्थामा भेटिएका छन् । जिल्लाको भीमदत्त नगरपालिका–४ गोबरैयाका खगेश्वरी प्वालीको परिवारका सदस्य र डेरा गरी बस्ने समेत ८ जना बेहोस अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

    जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीका अनुसार बिहान ढिलोसम्म कोही नउठेपछि छिमेकीले घरमा हेर्दा सबै जनालाई बेहोस अवस्थामा भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

    बेहोस भेटिनेमा ७० वर्षीय गोपीसिंह प्वाली, ४० वर्षीय लक्ष्मणसिंह प्वाली, १० वर्षीया सुप्रिया प्वाली र ५ वर्षीया शुभम प्वाली रहेका छन् ।

    उनको घरमा डेरा गरी बस्ने १८ वर्षीय सुवास गोतामे, २१ वर्षीया तुलसी डाँगा, सिर्जना धामी र पंकज विष्ट पनि बेहोस भेटिएका छन् । उनीहरुलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल भर्ना गरिएको डीएसपी डाँगीले बताए । अहिले उनीहरुको स्वास्थ्य अवस्था सुधार भइरहेको छ ।

    प्वालीको घरमा दुई दिनदेखि डेरा गरी बस्दै आएका दुई जना भारतीय नागरिकले भोजको नाममा विषालु पेय पदार्थ र लड्डु खुवाएर बेहोस बनाएर लुटपाट गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । उनीहरुले नगद चार हजार रुपैयाँ र १० आना बराबरको एउटा तिलहरी लुटेको पाइएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij