शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

स्वर्गिय राजा वीरेन्द्रको सम्झनामा रत्ननगरमा दीप प्रज्वलन

  • प्रकाशित मिति : शनिबार, जेष्ठ २०, २०८०



  • रत्ननगर । स्वर्गिय राजा वीरेन्द्र र उनको परिवारको सम्झनामा पूर्वी चितवनको रत्ननगरमा दीप प्रज्वलन गरिएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी रत्ननगरको आयोजनामा रत्ननगरको सौराहाचोकमा दीप प्रज्वलन गरिएको हो ।

    दिप प्रज्वलन कार्यक्रममा राप्रपा रत्ननगरका अध्यक्ष गोविन्द अधिकारीले राष्ट्रवादी राजा वीरेन्द्रको अभाव देशमा खड्किएको बताउँदै राजसंस्था मात्रै अबको विकल्प भएको बताए । कार्यक्रममा बोल्दै राप्रपा जिल्ला सदस्य हरी अधिकारीले जेठ १९ नेपालका लागि कालो दिन भएको बताए । उनले संवैधानिक राजसंस्था सहितको हिन्दु राष्ट्र कायम गर्नुपर्नेमा जोड दिए।

    कार्यक्रममा चितवन क्षेत्र नम्बर १ का अध्यक्ष बलराम खनाल, किसान संगठनका जिल्ला अध्यक्ष शम्भु अधिकारी, नगर महिला संगठन अध्यक्ष मिना प्रधान लगायतको सहभागिता रहेको थियो । कार्यक्रम नगर प्रवक्ता संतोष लामाले संचालन गरेका थिए ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij