शनिबार, कार्तिक २२, २०८३ | Saturday 7th November 2026

कृषि विज्ञ राई धरौटीमा छुटे

  • प्रकाशित मिति : बुधबार, जेष्ठ २४, २०८०



  • खोटाङ ।कृषि विज्ञ राई धरौटीमा छुटेका छन् ।

    बाल यौन दुरुपयोग कसुरमा पक्राउ परेका खोटाङका कृषि विज्ञ मदन राई धरौटी तारिखमा छुटेका छन् ।

    किशोरीलाई यौन दुर्व्यवहार गरेको उजुरीका आधारमा गत २९ वैशाखमा पक्राउ परेका कृषि विज्ञ राई सोमबार पुर्पक्षका लागि ४ लाख धरौटीमा छुटेको जिल्ला अदालत खोटाङका स्रेस्तेदार रामाकान्त यादवले बताए ।

    राई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्मास्थित शुभद्रा मदन (शुभम) फाउन्डेसनका संस्थापक/सञ्चालक हुन् । फाउन्डेसनमा सात वर्ष बसेर बाहिरिएकी १६ वर्षीय किशोरीले यौन दुर्व्यवहार गरेको भन्दै दिएको प्रहरीलाई उजुरीका आधारमा राई पक्राउ परेका थिए ।

    जिल्ला न्यायाधीश शुभाषबाबु पुरीको एकल इजलासले मुद्दाको फैसला नभएसम्म वालिकाको अन्तरिम संरक्षणका लागि फाउन्डेसनमा जान नपाउनेगरी धरौटी तारिखमा रिहा गरेको स्रेस्तेदार यादवले बताए ।

    प्रतिवादीकातर्फबाट दुई वरिष्ठसहित १४ जना कानून व्यवसायी र वादी नेपाल सरकारकातर्फबाट दुई जना सरकारी वकिलले थुनछेक वहस गरेका थिए ।

    आरोपितविरुद्ध जेठ २१ गते सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा बाल यौन दुरुपयोगसम्बन्धी अभियोगपत्र दायर गरेका थिए । अभियोगपत्रमा राईलाई ३ वर्ष कैद र ७५ हजार जरिमाना माग गरिएको छ ।

    प्रतिकृया दिनुहोस


    सम्बन्धित समाचार


    भर्खरै


    IGP मनोज केसीको सचिवालयमा खटिए SSP प्रविण पोखरेल
    यो वर्ष भारत–बंगलादेशमा ३० अर्ब बराबरको बिजुली निर्यात गरिने
    अमेरिकी डलर सस्तोमा साट्ने प्रलोभन देखाएर १६ लाख लुटेर फरार हुने गिरोहका मुख्य नाइके गरी पक्राउ
    पञ्चायतकालमा वामपन्थी नेताहरूलाई आश्रय दिने रनधता पोखरेलको निधन
    आईजीपी कार्कीको सरुवा: प्रशासनिक निर्णय कि राजनीतिक शक्ति संघर्ष?
    सुनको मूल्य घट्यो ,कतिमा हुँदैछ कारोबार? समाचार कमेन्टमा
    नेपाल प्रहरीद्वारा ‘चाडपर्वलक्षित विशेष सुरक्षा योजना, २०८३’ लागू
    सडक नपुग्दा चुमनुब्रीमा नुनकै मूल्य प्रतिकिलो २०० रुपैयाँ, ढुवानीमै १०० रुपैयाँ खर्च
    जिल्ला अस्पतालको ५० शैयाको भवन सम्पन्नपछि हस्तान्तरण
    दीपेन्द्र अग्रवाल १० लाख धरौटीमा रिहा

    © copyright 2016-2019 and all right reserved to jaljalakhabar | Site By : sobij